काठमाडौं– प्रदेश– १ का पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्य सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन्। यसअघि प्रदेश सभा सदस्यहुँदै मुख्यमन्त्री बनेका उनी यो निर्वाचनबाट संघीय संसद्मा निर्वाचित भएका हुन्।
नेकपा (एमाले)का उम्मेदवार आचार्यले कांग्रेसका सीताराम महतलाई पराजित गरेका छन्। आचार्यले ३२ हजार ८ मत ल्याएका छन्।
यस्तै, महतले २६ हजार ५८ मत प्राप्त गरेका छन्।
को हुन् आचार्य?
६३ वर्षीय आचार्य एमालेका स्थायी कमिटी सदस्य हुन्। आचार्य पार्टीको केन्द्रीय सचिवसमेत भइसकेका छन्। ०७४ को प्रदेश सभा निर्वाचनमा प्रदेश– १ मा निर्वाचित भएका उनी सो प्रदेशको मुख्यमन्त्री पनि भएका थिए।
०५१ बाट संसदीय राजनीतिका लागि प्रतिस्पर्धा सुरु गरेका उनले ०५१ र ०५६ को निर्वाचनमा पराजय ब्यहोरेका थिए। ०६४ र ०७० को संविधान सभामा निर्वाचित भएका उनी ०७० मा पर्यट मन्त्री भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।