काठमाडौं– प्रतिनिधि सभाको समानुपातिक तर्फको जारी मतगणनालाई लिएर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आशंका व्यक्त गरेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आशंका व्यक्त गरेका हुन्।
उनले आफ्नो पार्टीको तर्फबाट मतगणनास्थलमा बसेकालाई चनाखो हुन पनि आग्रह गरेका छन्।
‘समानुपातिकको मतगणना भइरहेको छ। सुरुदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्नेजस्ता गलत कार्य पनि हुनसक्छ। जिल्ला–जिल्लामा मतगणनामा रहनुभएका साथीहरू चनाखो रहनुहोस्,’ ओलीले लेखेका छन्’, मतगणनामा प्रतिनिधि रहनुभएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।