काठमाडौं– सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि सभातर्फको मतगणना रोकिएको छ।
कांग्रेस उम्मेदवार रहेका सूचना तथा सञ्चारप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि एमालेसँग विवाद भएको थियो। त्यसपछि मतगणना रोकिएको हो।
सरकारका प्रवक्तासमेत रहेका कार्कीले ६०६ मत एमालेले धाँधली गरेको आरोप लगाएका छन्। शुक्रबारराति मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको उनको आरोप छ।
कार्कीको आरोपपछि गणना रोकिएको छ। यस क्षेत्रमा धाँधलीको आरोप लगाएका सञ्चारमन्त्री कार्की नै ७१ मतले अघि छन्।
मतगणना रोकिएपछि यसबारे निर्णय गर्न सर्वदलीय बैठक बसिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।