काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका झलनाथ खनालले मतगणना बहिस्कार गरेका छन्।
उनले चुनावमा धाँधली भएको भन्दै मतगणना बहिस्कार गरेका हुन्। उनले आफ्नो क्षेत्रमा पुन: मतदान गर्न माग गरेका छन्। यसबारेमा निर्वाचन आयोगलाई जानकारी दिइसकेको र पत्रकार सम्मलेन गरेर मतगणनामा सहभागी नहुने जानकारी दिने उनले बताए।
खनालले सुरुदेखि नै मतगणनामा गडबड भएको आरोप लगाए। जारफ मतगणनामा उनी एमालेका महेश बस्नेतलाई ३ हजार मतले पछि पारेका छन्। खनाल आफ्नै नगरपालिकामा पछि परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।