काठमाडौं– रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका गृहमन्त्री बालकृष्ण खाण पराजित भएका छन्।
करिब २८०० मतगणना बाँकी रहँदै उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहरासँग पराजित भएका हुन्।
पछिल्लो मतपरिणाम अनुसार २८०० मत गणना बाँकी रहँदा बोहराले २९०० मतान्तरले अग्रता लिएका छन्। सबै मत गनिसकेपछि मात्र निर्वाचन कार्यालयले औपचारिक रुपमा घोषणा गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।