काठमाडौं– एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको मुगुबाट प्रतिनिध सभा सदस्यका लागि नेपाली कांग्रेसका ऐनबहादुर शाही विजयी भएका छन्।
शाही १४ हजार ७ सय २ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी राजबहादुर कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गरेका छन्।
शाहीले ३ हजार ९९४ मतान्तरसहित जित निकालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।