• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

प्रतिनिधि सभामा एमालेको उपस्थिति: खाता खोल्न नसकेको कर्णाली, बलियो बनेको मधेस

64x64
नेपाल लाइभ आइतबार, मंसिर ११, २०७९  ०७:२५
1140x725

काठमाडौं– मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ। यो समाचार तयार पार्दासम्म १ सय ५४ स्थानको मतपरिणाम आइसकेको छ। ११ स्थानको नतिजा आउन बाँकी छ। 

संविधान जारी भएपछि २०७४ मा भएको पहिलो निर्वाचनामा प्रतिनिधि सभातर्फ ८० स्थानमा जित निकाल्दै एमाले ठूलो दल बनेको थियो। तर अहिलेसम्मको मत परिणाम हेर्ने हो भने मंसिर ४ मा सम्पन्न निर्वाचनबाट एमाले प्रत्यक्षतर्फ ४५/४६ सिटमा खुम्चिने देखिन्छ।

पार्टीका ‘स्टार क्याम्पेनर’ तथा अध्यक्ष केपी शर्मा ओलीले महत्त्वका साथ ६ वटा चुनावी सभा गरेको सुदूरपश्चिम प्रदेशमा एमालेले जम्मा २ स्थानमा र ३ वटा चुनावी सभामा भाषण गरेको कर्णाली प्रदेशमा खातै खोल्न सकेन। 

यता प्रदेश १ मा पुरानो विरासत कायम गरेको छ भने मधेस प्रदेशमा एमालेको जबरजस्त उपस्थिति जनाएको छ। 

त्यसो त, ०७४मा रहेको राजनीतिक समीकरण र यो निर्वाचनअघि बनेको राजनीतिक समीकरणले दलहरूले प्राप्त सिट संख्यामा फेरबदल भएको छ।

यो बीचमा अनपेक्षितरुपमा जबरजस्त उपस्थिति जनाएको राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा आएको लहरले पनि मौजुदा दलहरुले अघिल्लो निर्वाचनमा प्राप्त सिट गुमाएका छन् भने नयाँ समीकरणको प्रभावले कतै थप पनि गरेका छन्। 

राजनीतिक उथलपुथलले यस अघिको ठूलो दल एमालेले कुन कुन प्रदेशमा पुरानो जित दोहोर्यायो वा गुमायो भन्ने विषय प्रस्तुत गर्न यहाँ वाञ्छनीय हुन्छ। 

प्रदेश–१ मा पुरानै हैसियत कायम राख्ने अवस्थामा एमाले

nimb
nimb

नेकपा एमालेले ०७४ को निर्वाचनमा प्रदेश–१ बाट प्रतिनिधि सभाका कुल २८ मध्ये १६ क्षेत्रबाट जित हासिल गरेको थियो। तत्कालीन वाम गठबन्धनको माहोलमा एमालेले ताप्लेजुङ, पाँचथर, इलाम १ र इलाम २, झापा २,४,५, मोरङ १, ३ र ६, सुनसरी १, खोटाङ, ओखलढुङ्गा, तेह्रथुम, संखुवासभा र धनकुटामा जित हासिल गरेको थियो।  

यो समचार तयार पार्दासम्म एमालेले ०७४मा जित निकालेको अधिकांश स्थानमा जित निकालेको छ। नतिजा आउन बाँकी इलाम १ मा एमाले उम्मेदवारले अग्रता लिएका छन्। तर संखुवासभा, ओखलढुङ्गा, खोटाङ र मोरङ–३ मा भने एमाले पराजित भएको छ।

यसका अलवा एमालेले उदयपुर–२ मा जित निकालेको छ भने सुनसरीको २, ३, ४ मा अग्रता कायम गरेको छ। ०७४ मा सुनसरी– १ मा जित निकालेको एमालेले यो निर्वाचनमा उम्मेदवार उठाएन। पार्टीले पूर्व एमाले हाल जसपाका नेता अशोक कुमार राईलाई समर्थन गरेको छ। 

अहिलेसम्मको अग्रतालाई कायम राखे एमालेले यो निर्वाचनमा प्रदेश–१ मा १६ स्थानमा जित निकाले ठूलो दल बन्नेछ। 

एमाले फैलिएको प्रदेश मधेस
यो प्रदेशमा एमालेले बलियो उपस्थिति दर्ज गरेको छ। उसका लागि यो उत्साहजनक नतिजा हो। 

०७४ को निर्वाचनमा एमालेले यो प्रदेशमा सिराहा–३, र धनुषा–४ मा मात्र जित निकालेको थियो। यो निर्वाचनमा सिराह–३ मा एमालेले जित हासिल गरेको छ भने धनुषा–४ मा एमाले उम्मेदवार रघुवीर महासेठ जितको लागि संघर्ष गरिरहेका छन्। यस बाहेक एमालेले यो निर्वाचनमा धनुषा–३, पर्सा–३, बारा–१ र ३, सर्लाही–३, सिरहा– १ र ३ तथा महोत्तरी–१ मा  जित निकालिसकेको छ। 

बागमती प्रदेश, जहाँ धेरै गुमायो एमालेले
०७४ को निर्वाचनमा एमालेले दोलखा, सिन्धुली–१, धादिङ– १ र २, नुवाकोट–२, काठमाडौं २, ३, ५, ७, ८ र ९, भक्तपुर–२, ललितपुर–१ र २, काभ्रेपलाञ्चोक–२, सिन्धुपाल्चोक–२, मकवानपुर–१ र २, चितवन–१ र २ मा जित हासिल गरेको थियो। तर यो निर्वाचनमा काठमाडौं–९, मकवानपुर–२, काभ्रे–२ ललितपुर–२ मा मात्र जित निकालेको छ। 

गण्डकी प्रदेशमा जहाँ एक तिहाइ मात्र जित दर्ता गर्‍यो
०७४ को निर्वाचनमा एमालेले मनाङ, कास्की–१, २ र ३, तनहुँ–१ र २, स्याङ्जा १ र २, नवलपरासी बर्दघाट पूर्व–२, मुस्ताङ, म्याग्दी, बागलुङ–१ र पर्वत मा जित निकालेको थियो। यो निर्वाचनमा एमालेले कास्की–१, २ र ३ मा जित दोहोर्याएको छ। त्यस्तै, पर्वतमा पनि जित निकालेको छ। यस बाहेक अन्य क्षेत्र गुमाएको छ। स्याङ्जामा भने हालसम्म मतगणना भएको छैन। यस बाहेक एमालेले लमजुङमा जित निकालेको छ। 
 
लुम्बिनीमा बराबरीको अवस्थामा
यस्तै यो प्रदेशमा ०७४को निर्वाचनमा गुल्मी–१ र २, पल्पा १ र २, रुपन्देही १, २, र ३, दाङ १, र ३ , र बाँके ३मा जित निकालेको थियो। यो निर्वाचनमा गुल्मी २, पाल्पा १ र २ मा जित दोहोर्याएको छ भने अर्घाखाँची, कपलिवस्तु १, प्यूठान, बाँके १, रुपन्देही ५ मा नयाँ जित नेकालेको छ। त्यस्तै, कपिलवस्तु ३,  रुपन्देही १ र २ मा भने अग्रता कायम गरेको छ। 

खातै खोल्न नसकेको कर्णाली 
०७४ को निर्वाचनमा यो प्रदेशमा डोल्पा, मुगु, दैलेख १ र २, सुर्खेत १ र २ जित निकालेको एमालेले यो निर्वाचनमा खाता खोल्नै सकेन। 

सुदुरपश्चिम प्रदेश जहाँ ओलीलाई पत्याएनन् जनताले
यो निर्वाचनको पूर्वसन्ध्यामा एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाबाट चुनावी सभा सुरु गरे। अध्यक्ष ओलीले यो प्रदेशमा सबैभन्दा धेरै ६ वटा चुनावी सभा गरे। तर अध्यक्ष ओलीलाई यहाँका जनताले पत्याएको पाइएन। ०७४ को निर्वाचनमा बाजुरा, अछाम १ र २, बझाङ, डोटी, कैलाली २ र ५, दार्चुला, बैतडी, कञ्चनपुर २ र ३ मा जितको एमालेले यो निर्वाचनमा पुरानो जितेको स्थान सबै गुमायो।

यद्यपि, कञ्चनपुर १ र बैतडीमा भने नयाँ जित निकालेको छ। 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ०७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ?
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? शनिबार, भदौ १३, २०८३
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित शनिबार, भदौ १३, २०८३
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास शनिबार, भदौ १३, २०८३
त्रिशूली–३ ए सुरुङभित्रको उद्धार :  गृहमन्त्री भन्छन्– हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौं शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्