• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

प्रतिनिधि सभामा एमालेको उपस्थिति: खाता खोल्न नसकेको कर्णाली, बलियो बनेको मधेस

64x64
नेपाल लाइभ आइतबार, मंसिर ११, २०७९  ०७:२५
1140x725

काठमाडौं– मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ। यो समाचार तयार पार्दासम्म १ सय ५४ स्थानको मतपरिणाम आइसकेको छ। ११ स्थानको नतिजा आउन बाँकी छ। 

संविधान जारी भएपछि २०७४ मा भएको पहिलो निर्वाचनामा प्रतिनिधि सभातर्फ ८० स्थानमा जित निकाल्दै एमाले ठूलो दल बनेको थियो। तर अहिलेसम्मको मत परिणाम हेर्ने हो भने मंसिर ४ मा सम्पन्न निर्वाचनबाट एमाले प्रत्यक्षतर्फ ४५/४६ सिटमा खुम्चिने देखिन्छ।

पार्टीका ‘स्टार क्याम्पेनर’ तथा अध्यक्ष केपी शर्मा ओलीले महत्त्वका साथ ६ वटा चुनावी सभा गरेको सुदूरपश्चिम प्रदेशमा एमालेले जम्मा २ स्थानमा र ३ वटा चुनावी सभामा भाषण गरेको कर्णाली प्रदेशमा खातै खोल्न सकेन। 

यता प्रदेश १ मा पुरानो विरासत कायम गरेको छ भने मधेस प्रदेशमा एमालेको जबरजस्त उपस्थिति जनाएको छ। 

त्यसो त, ०७४मा रहेको राजनीतिक समीकरण र यो निर्वाचनअघि बनेको राजनीतिक समीकरणले दलहरूले प्राप्त सिट संख्यामा फेरबदल भएको छ।

यो बीचमा अनपेक्षितरुपमा जबरजस्त उपस्थिति जनाएको राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा आएको लहरले पनि मौजुदा दलहरुले अघिल्लो निर्वाचनमा प्राप्त सिट गुमाएका छन् भने नयाँ समीकरणको प्रभावले कतै थप पनि गरेका छन्। 

राजनीतिक उथलपुथलले यस अघिको ठूलो दल एमालेले कुन कुन प्रदेशमा पुरानो जित दोहोर्यायो वा गुमायो भन्ने विषय प्रस्तुत गर्न यहाँ वाञ्छनीय हुन्छ। 

प्रदेश–१ मा पुरानै हैसियत कायम राख्ने अवस्थामा एमाले

Ncell 2
Ncell 2
nimb
nimb

नेकपा एमालेले ०७४ को निर्वाचनमा प्रदेश–१ बाट प्रतिनिधि सभाका कुल २८ मध्ये १६ क्षेत्रबाट जित हासिल गरेको थियो। तत्कालीन वाम गठबन्धनको माहोलमा एमालेले ताप्लेजुङ, पाँचथर, इलाम १ र इलाम २, झापा २,४,५, मोरङ १, ३ र ६, सुनसरी १, खोटाङ, ओखलढुङ्गा, तेह्रथुम, संखुवासभा र धनकुटामा जित हासिल गरेको थियो।  

यो समचार तयार पार्दासम्म एमालेले ०७४मा जित निकालेको अधिकांश स्थानमा जित निकालेको छ। नतिजा आउन बाँकी इलाम १ मा एमाले उम्मेदवारले अग्रता लिएका छन्। तर संखुवासभा, ओखलढुङ्गा, खोटाङ र मोरङ–३ मा भने एमाले पराजित भएको छ।

यसका अलवा एमालेले उदयपुर–२ मा जित निकालेको छ भने सुनसरीको २, ३, ४ मा अग्रता कायम गरेको छ। ०७४ मा सुनसरी– १ मा जित निकालेको एमालेले यो निर्वाचनमा उम्मेदवार उठाएन। पार्टीले पूर्व एमाले हाल जसपाका नेता अशोक कुमार राईलाई समर्थन गरेको छ। 

अहिलेसम्मको अग्रतालाई कायम राखे एमालेले यो निर्वाचनमा प्रदेश–१ मा १६ स्थानमा जित निकाले ठूलो दल बन्नेछ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एमाले फैलिएको प्रदेश मधेस
यो प्रदेशमा एमालेले बलियो उपस्थिति दर्ज गरेको छ। उसका लागि यो उत्साहजनक नतिजा हो। 

०७४ को निर्वाचनमा एमालेले यो प्रदेशमा सिराहा–३, र धनुषा–४ मा मात्र जित निकालेको थियो। यो निर्वाचनमा सिराह–३ मा एमालेले जित हासिल गरेको छ भने धनुषा–४ मा एमाले उम्मेदवार रघुवीर महासेठ जितको लागि संघर्ष गरिरहेका छन्। यस बाहेक एमालेले यो निर्वाचनमा धनुषा–३, पर्सा–३, बारा–१ र ३, सर्लाही–३, सिरहा– १ र ३ तथा महोत्तरी–१ मा  जित निकालिसकेको छ। 

बागमती प्रदेश, जहाँ धेरै गुमायो एमालेले
०७४ को निर्वाचनमा एमालेले दोलखा, सिन्धुली–१, धादिङ– १ र २, नुवाकोट–२, काठमाडौं २, ३, ५, ७, ८ र ९, भक्तपुर–२, ललितपुर–१ र २, काभ्रेपलाञ्चोक–२, सिन्धुपाल्चोक–२, मकवानपुर–१ र २, चितवन–१ र २ मा जित हासिल गरेको थियो। तर यो निर्वाचनमा काठमाडौं–९, मकवानपुर–२, काभ्रे–२ ललितपुर–२ मा मात्र जित निकालेको छ। 

गण्डकी प्रदेशमा जहाँ एक तिहाइ मात्र जित दर्ता गर्‍यो
०७४ को निर्वाचनमा एमालेले मनाङ, कास्की–१, २ र ३, तनहुँ–१ र २, स्याङ्जा १ र २, नवलपरासी बर्दघाट पूर्व–२, मुस्ताङ, म्याग्दी, बागलुङ–१ र पर्वत मा जित निकालेको थियो। यो निर्वाचनमा एमालेले कास्की–१, २ र ३ मा जित दोहोर्याएको छ। त्यस्तै, पर्वतमा पनि जित निकालेको छ। यस बाहेक अन्य क्षेत्र गुमाएको छ। स्याङ्जामा भने हालसम्म मतगणना भएको छैन। यस बाहेक एमालेले लमजुङमा जित निकालेको छ। 
 
लुम्बिनीमा बराबरीको अवस्थामा
यस्तै यो प्रदेशमा ०७४को निर्वाचनमा गुल्मी–१ र २, पल्पा १ र २, रुपन्देही १, २, र ३, दाङ १, र ३ , र बाँके ३मा जित निकालेको थियो। यो निर्वाचनमा गुल्मी २, पाल्पा १ र २ मा जित दोहोर्याएको छ भने अर्घाखाँची, कपलिवस्तु १, प्यूठान, बाँके १, रुपन्देही ५ मा नयाँ जित नेकालेको छ। त्यस्तै, कपिलवस्तु ३,  रुपन्देही १ र २ मा भने अग्रता कायम गरेको छ। 

खातै खोल्न नसकेको कर्णाली 
०७४ को निर्वाचनमा यो प्रदेशमा डोल्पा, मुगु, दैलेख १ र २, सुर्खेत १ र २ जित निकालेको एमालेले यो निर्वाचनमा खाता खोल्नै सकेन। 

सुदुरपश्चिम प्रदेश जहाँ ओलीलाई पत्याएनन् जनताले
यो निर्वाचनको पूर्वसन्ध्यामा एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाबाट चुनावी सभा सुरु गरे। अध्यक्ष ओलीले यो प्रदेशमा सबैभन्दा धेरै ६ वटा चुनावी सभा गरे। तर अध्यक्ष ओलीलाई यहाँका जनताले पत्याएको पाइएन। ०७४ को निर्वाचनमा बाजुरा, अछाम १ र २, बझाङ, डोटी, कैलाली २ र ५, दार्चुला, बैतडी, कञ्चनपुर २ र ३ मा जितको एमालेले यो निर्वाचनमा पुरानो जितेको स्थान सबै गुमायो।

यद्यपि, कञ्चनपुर १ र बैतडीमा भने नयाँ जित निकालेको छ। 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ०७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्