काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले भर्खरै सम्पन्न निर्वाचनमा भएको खर्च विवरण सर्वजनिक गरेका छन्।
उनले ११ लाख ८१ हजखर ४ सय ७२ रुपैयाँ खर्च भएको जानकारी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् लामिछानेले सार्वजनिक गरेका हुन्।
‘तपाईंले दिनु भएका शुभकामनाहरुलाई यहिँबाट एकमुष्ट धन्यवाद दिन चाहन्छु,’ रविले लेखेका छन्, ‘मेरो चुनावी खर्च ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ देखिएको छ।’
यस्तै, उनले कार्यकालभरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने र कार्यक्रमहरुको उद्घाटन, आसनग्रहण भाषणहरुमा सहभागी नहुने पनि घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।