काठमाडौं– ब्राजिलका स्टार स्ट्राइकर नेइमार चाेटका कारण विश्वकपअन्तर्गत समूह चरणका बाँकी खेल खेल्न नसक्ने भएका छन्।
उनले शुक्रबार राती यसकाे जानकारी दिँदै टाेलीकाे उच्च मनाेवलका लागि आफूसँगै रहने बताएका छन्। विश्वकपकाे पहिलाे खेलमा सर्वियाका निकाेला मिलेन्काेभिचले कडा ट्याकल हान्ने क्रममा नेइमार घाइते भएका थिए। उनकाे गाेलीगाठा सुनिएकाे थियो। याे खेल ब्राजिलले २–० ले जितेकेा थियो।
ब्राजिल टिमका चिकित्सकले पनि नेइमारले समूह चरणकाे बाँकी खेल गुमाउने पुष्टी गरेका छन्। ब्राजिलले साेमबार स्विट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यसकाे ४ दिनपछि क्यामरुनसँग अन्तिम खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।