काठमाडौं– सुनसरी क्षेत्र नम्बर ४ मा जारी मतगणनाको पछिल्लो नतिजा प्राप्त भएको छ। प्राप्त पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता लिएका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका कार्की प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका जगदिश प्रसाद कुसियैतसँग ७३ मतले अगाडि छन्। कार्कीले २१ हजार ६७८ मत ल्याएका छन्। एमालेका कुसियैतले २१ हजार ६०३ मत ल्याएका छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका जिवन कुमार श्रेष्ठ २ हजार ७११ मतसहित तेस्रो स्थानमा छन् भने राप्रपाका विद्यानन्द यादवले २ हजार २५१ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।