काठमाडौं– मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सुनिल शर्मा विजयी भएका छन्। मेडिकल व्यवसायी समेत रहेका शर्मा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
विजयी ढकालले ४८ हजार ६३१ मत ल्याए। उनका प्रतिस्पर्धी ढकाल २५ हजार ८९५ मा सीमित रहे। शर्माले ढकाललाई २२ हजार ७३६ मतको अन्तरले ‘स्तब्ध’ पारे।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापाले १० हजार ९९८ मत ल्याइन्।
कांग्रेसका शर्मा प्रतिनिधि सभामा नयाँ अनुहार हुन्। यसअघि २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रतिस्पर्धी रहेका उनी त्यतिबेला ढकालसँगै पराजित भएका थिए।
नेकपा एमाले र माओवादी केन्द्रको तत्कालीन वाम गठबन्धनको बलमा ढकाल ४२ हजार ४१३ मत ल्याएर विजयी भएका थिए। शर्मा भने ढकालभन्दा १ हजार ९०७ मत कम, ४० हजार ५०६ मा रोकिएका थिए।
निर्वाचित भएका शर्मा मोरङमा मेडिकल क्याम्पेनिङका लागि चर्चित छन्। विराटनगरमा मेडिकल कलेज सञ्चालन गर्दै आएका शर्माले आफ्नो क्षेत्रका नागरिकका लागि नि:शुल्क स्वास्थ्य परीक्षण अभियान चलाउने गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।