राजविराज– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत सप्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तेजु लाल चौधरी विजयी भएका छन्। जनता समाजवादी पार्टीका वालकिसोर यादवलाई पराजित गर्दै चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
विजयी भएका चौधरीले २३ हजार ४९१ म्त प्राप्त गरे। उनका निकटतम् प्रतिस्पर्धी जसपाका वालकिसोर यादवले १७ हजार ९७७ मत प्राप्त गरे।
संसदीय चुनावमा चौधरीको यो तेस्रो जित हो। उनी यसअघि संविधाधन सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ५ बाट र प्रतिनिधि सभा निर्वाचन २०७४ मा सप्तरी ४ बाट निर्वाचित भएका थिए। लगातार तेस्रो जित निकाल्दै चौधरीले ह्याट्रिक कायम गरेका हुन्।
चौधरीले २०७४ सालमा युवा तथा खेलकुद राज्यमन्त्रीको जिम्मेवारी समेत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।