नुवाकोट– नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अर्जनु नरसिंह केसी विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पराजित गर्दै सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
नुवाकोटका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीका अनुसार केसी २८ हजार १०७ मत ल्याएर विजयी भए। केसीका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ मत ल्याए।
नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा १५ हजार ५६१ मत ल्याएर तेस्रो स्थानमा सीमित रहे।
२०७४ सालको निर्वाचनमा केसी एमालेका उम्मेदवार खतिवडासँग पराजित भएका थिए। त्यतिबेला खतिवडासँग १० हजार मतको अन्तरले पराजित भएका केसी यसपटक खतिवडाभन्दा १२ हजार ५६४ बढी मत ल्याएर विजयी भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।