काठमाडौं– नुवाकोट क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रकी राधिका तामाङ विजयी भएकी छन्। नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार तामाङ प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन्।
तामाङे एमालेका सुशीलकुमार खड्कालाई ४ हजार ८१९ मतकफ अन्तरले पराजित गरिन्। विजयी भएकी तामाङले १६ हजार १६९ मत प्राप्त गरिन्। एमालेका खड्का ११ हजार ३५० मतमा सीमित भए।
तामाङ यसअघि २०७४ सालको प्रदेश सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन्। उनी बागमती प्रदेश सभाको निवर्तमान उपसभामुख समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।