काठमाडौं– विश्वकपमा प्रभावशाली सुरुवात गरेकाे इंग्ल्याडलाई समूह चरणकाे दोस्राे खेलमा अमेरिकाले निरास तुल्याएकाे छ। उसले शुक्रबार राती भएकाे खेलमा थ्रिलायन्सलाई गाेलरहित बराबरीमा राेकेकाे छ।
सन् १९५० काे विश्वकपमा इंग्ल्याण्डलाई पराजित गरेकाे अमेरिकाले आज प्रभावशाली खेल खेल्यो। विशेष गरेर डिफेन्समा इंग्लिस आक्रामक खेलाडीलाई हल्लीन दिएन।
इंग्ल्याण्डले पहिलाे खेलमा इरानलाई ६–२ गाेलले पराजित गर्दै गर्विलाे सुरुवात गरेकाे थियो। तर शुक्रबार राती अमेरिकी डिफेन्डरले बेलायती स्ट्राइकरहरुलाई आफ्नाे क्षेत्रमा खुलेर खेल्न दिएनन्।
दाेस्राे खेलमा अंक बाँडेकाे अमेरिकाले नकआउटमा प्रवेश गर्ने याेजनालाई जिवित राखेकाे छ। वेल्ससँगकाे पहिलाे खेलमा पनि अमेरिकाले अंक बाँडेकाे थियो। याे खेलकाे नतिजापछि समूह ‘बी’ मा ४ अंकका साथ इंग्ल्याण्ड शीर्षस्थानमा छ। वेल्सलाई अघिल्लाे खेलमा २–० ले पराजित गरेकाे इरान ३ अंकका साथ दाेस्राे स्थानमा उक्लिएकाे छ भने अमेरिकाले २ अंक बटुल्दै तेस्राे स्थानमा आफूलाई राखेकाे छ।
अब अमेरिकाले इरानसँग बुधबार अन्तिम खेल खेल्ने छ। यसकाे नतिजाले यी दुवै देशकाे अघिल्लाे चरणमा प्रवेश गर्ने निर्णय हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।