काठमाडौं– कप्तान इकेर भेलेन्सियाकाे गाेलका कारण इक्वेडरले कतारमा जारी विश्वकपकाे समूह ‘ए’ चरणकाे दाेस्राे खेलमा बलियाे आँकिएकाे नेदरल्याण्ड्सलाई १–१ गाेलकाे बराबरीमा राेकेकाे छ। यी दुवै टाेलीले अंक बाँडेपछि आयोजक कतार भने समूह चरणकाे एक खेल खेल्न बाँकी रहेकाे अवस्थामा प्रतियोगिताबाट बाहिरिएकाे छ।
समूह चरणकाे खेलमा नेदरल्याण्ड्सविरुद्ध हुने कतारकाे खेल औपचारिकतामा सिमित भएकाे छ। याे समूहमा नेदरल्याण्ड्स र इक्वेडरले २ खेलबाट समान ४–४ अंक जाेडेका छन्। शुक्रबार अघिल्लाे खेलमा कतारलाई हराएकाे सेनेगलकाे ३ अंक छ। कतारले कुनै अंक जाेड्न सकेकाे छैन।
आजकाे खेलमा ६ मिनेटमा कोडी याक्पोले सुरुवाती गाेल गर्दै नेदरल्याण्ड्सलाई पहिलाे हाफमा अग्रता दिलाएका थिए। तर दाेस्राे हाफकाे खेल सुरु भएकाे ४ मिनेटभित्रै भेलेन्सियाले गाेल फर्काउँदै इक्वेडरलाई खेलमा फर्काएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।