• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत २५, २०८२ Wed, Apr 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

विनोद चौधरीदेखि विक्रम पाण्डेसम्म, यी व्यवसायी छिर्दैछन् संसद्

64x64
सुमित्रा कार्की शनिबार, मंसिर १०, २०७९  १६:०४
1140x725

काठमाडौं– प्रतिनिधि सभा निर्वाचन २०७९ बाट ११ व्यवसायी निर्वाचित भएर संसद्मा आउने लगभग पक्का भएको छ। 
व्यवसायी बिनोद चौधरी, मोहन आचार्य, डा.शुनिल शर्मा, पूर्णबहादुर (कान्छाराम) तामाङ, दीपक खड्का, राजेन्द्र बजगाईं, लालप्रसाद (एलपी) साँवा लिम्बू, कृष्णकुमार श्रेष्ठ (किसान) र विक्रम पाण्डे संसद्मा आउने भएका हुन्। 

जसमध्ये केही उम्मेदवारले निर्वाचिन जितिसकेका छन् भने केहीले हार पनि चाखेका छन्। केहीको ठाउँमा भने मतदान चुनावी प्रक्रिया नै प्रभावित भएको छ। यसपटकको निर्वाचबाट नेपाली कांग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठ भने ‘आउट’ भएका छन्। 

विनोद चौधरी
विश्वका अर्बपतिहरुको सूचीमा आफ्नो नाम लेखाउन सफल व्यवसायी तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ बाट निर्वाचनमा होमिएका चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सिंह ठकुरीलाई ३ हजार ८७५ को मतान्तरले पराजित गरेका हुन्। 

विभिन्न व्यवसायिक संस्थाको नेतृत्वसमेत गरिसकेका उनी फोब्र्सको अर्वपति सूचीमा सामेल नेपाली व्यवसायी हुन्। २०६४ को पहिलो संविधान सभामा एमालेबाट समानुपातिक सभासद् हुनुअघि उनी राजनीतिक रुपमा परिचित थिएनन्।

तर, एमालेसँग उनको आबद्धता लामो समय रहेन। २०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उनी कांग्रेसको तर्फबाट समानुपातिक सांसद बनेका थिए।

मोहन आचार्य 
निर्माण व्यवसायी तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मोहन आचार्य रसुवाबाट यसपटक पनि संघीय सांसदमा निर्वाचित भएका छन्। 

आचार्यले १८ हजार २३५ मत ल्याउँदै जित हात पारे। उनका प्रतिस्पर्धी छोवाङ तेन्जिङ तामाङले ड हजार ६१४ मत ल्याएका थिए। २०४६ बाट नेपाल विद्यार्थी संघमार्फत् राजनीति सुरु गरेका उनी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा रसुवाबाटै निर्वाचित भएका थिए।

डा.शुनिल शर्मा
नेपाली कांग्रसको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदारी दिएका शुनिल शर्मा स्वास्थ्य व्यवसायी हुन्। उनी मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

विजयी ढकालले ४८ हजार ६३१ मत ल्याए। उनका प्रतिस्पर्धी ढकाल २५ हजार ८९५ मा सीमित रहे। शर्माले ढकाललाई २२ हजार ७३६ मतको अन्तरले ‘स्तब्ध’ पारे। 

राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापाले १० हजार ९९८ मत ल्याइन्। 

कांग्रेसका शर्मा प्रतिनिधि सभामा नयाँ अनुहार हुन्। यसअघि २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रतिस्पर्धी रहेका उनी त्यतिबेला ढकालसँगै पराजित भएका थिए। 

नेकपा एमाले र माओवादी केन्द्रको तत्कालीन वाम गठबन्धनको बलमा ढकाल ४२ हजार ४१३ मत ल्याएर विजयी भएका थिए। शर्मा भने ढकालभन्दा १ हजार ९०७ मत कम, ४० हजार ५०६ मा रोकिएका थिए।

पूर्णबहादुर (कान्छाराम) तामाङ
नेपाली कांग्रेसको तर्फबाट रामेछापे–१ बाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका पूर्णबहादुर (कान्छाराम) तामाङ निर्माण व्यवसायी हुन्। उनको क्षेत्रमा पनि मतगणना जारी छ। 

तर उनी भारी मतान्तरले एमालेका नेता कैलाशप्रसाद ढुंगेलभन्दा अगाडि छन्। तामाङले ३४ हजार १८२ मत ल्याउँदा ढुंगेलले २४ हजार ६८७२ मत प्राप्त गरेका छन्। 

तामाङ रामेछाप जिल्लाका कांग्रेसका जिल्ला सभापति पनि हुन्। २०७४ को निर्वाचनमा पनि तामाङ यसै क्षेत्रबाट निर्वाचन लडेका थिए। तर, उनलाई माओवादीका उम्मेदवार श्यामकुमार श्रेष्ठले पराजित गरेका थिए।

दीपक खड्का
संखुवासभा–१ बाट निर्वाचन लडेका दीपक खड्का नेपाली कांग्रेस सखुवासभाका सभापति हुन्। उनलाई घरजग्गा व्यवसायीका रुपमा चिनिन्छ। 

एमालेका नेता राजेन्द्र प्रसाद गौतमलाई पराजित गर्दै उनी यसपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। 
निर्वाचित खड्काले ३२ हजार १५८ मत पाए। उनका प्रतिस्पर्धी एमालेका गौतमले २६ हजार ७११ मत ल्याए। 

खड्का २०७० को दोस्रो संविधान सभा निर्वाचनमा संखुवासभा–२ बाट विजयी भएका थिए। त्यतिबेला पनि उनले एमालेका गौतमलाई पराजित गरेका थिए। २०७४ मा भने सोही क्षेत्रमा उनै गौतमले खड्कालाई पराजित गरे। खड्का २०७३ मा खानेपानी तथा सरसफाइ राज्यमन्त्री भएका थिए। 

राजेन्द्र बजगाईं
नेपाली कांग्रेसका नेता तथा पर्यटन व्यवसायी राजेन्द्र बजगाईं गोरखा–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकमा छन्। ३३ हजार ४२८ मत ल्याउँदै उनी निर्वाचित भएका हुन्। 

उनका प्रतिस्पर्धी नेकपा एमालेका रामशरण बस्नेतले १६ हजार ७८५ मत पाए। कांग्रेसको चौधौं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भिडेका उनी पराजित भएका थिए। उनी २०७४ को निर्वाचनमा गोरखा १ (१)बाट प्रदेश सभाका लागि उम्मेदवार बनेका थिए। तर, एमालेका रामशरण बस्नेतसँगै उनी त्यसबेला पराजित भएका थिए। 

लाल प्रसाद (एलपी) साँवा लिम्बू
नेकपा एमालेका नेता तथा वैदेशिक रोजगार व्यवसायी लाल प्रसाद (एलपी) साँवा लिम्बू झापा–४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। 

२९ हजार ३१५ मत ल्याउँदै निर्वाचित भएका लिम्बूले नेपाली कांग्रेसका देउकुमार देवेलाई पराजित गरेका हुन्। देवेले २२ हजार ४४८ मत प्राप्त गरेका छन्। ५५ वर्षीय लिम्बू एमालेको प्रदेश १ कमिटीका सदस्यसमेत हुन्। दोस्रो संविधान सभा निर्वाचनदेखि उनी संघीय सांसदको प्रतिस्पर्धामा उत्रिएका थिए। यद्यपि २०७० मा भने उनी पराजित भए। २०७४ मा भने निर्वाचित भएका थिए। 

कृष्णकुमार श्रेष्ठ (किसान) 
एकीकृत समाजवादी पार्टीका कृष्णकुमार श्रेष्ठ (किसान) विभिन्न व्यवसायमा आबद्ध छन्। उनी यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री समेत बनिसकेका छन्। उनी बारा निर्वाचन क्षेत्र–४ बाट २० हजार २९७ मत ल्याउँदै निर्वाचित भएका हुने। उनीसँग पराजित भएका नेकपा एमालेका एकवाल मियाँले १३ हजार ८६३ मत ल्याए। 

५४ वर्षीय श्रेष्ठ नेकपा एकीकृत समाजवादीका वैकल्पिक केन्द्रीय सदस्य हुन्। २०३८ सालमा अनेरास्ववियूमा आबद्ध भएर राजनीति सुरु गरेका उनी एमालेको जिल्ला कमिटीमा रहेर जिम्मेवारी सम्हालेका थिए। 

२०७८ भदौमा नेकपा एकीकृत समाजवादी गठन भएपछि भने उनी सो पार्टीमा लागेका हुन्। २०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उनी तनहुँ–१ बाट निर्वाचित भएका थिए।

विक्रम पाण्डे
६९ वर्षीय पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष हुन्। निर्माण व्यवसायीको रुपमा पनि उनी परिचित छन्। प्रतिनिधि सभा निर्वाचनमा चितवन–३ बाट उम्मेदवार बनेका पाण्डे माओवादी केन्द्रका डा भोजराज अधिकारीलाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।  

विजयी भएका पाण्डेले ३५ हजार ५५ मत ल्याए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका डा अधिकारीले २५ हजार ८२२ मत ल्याए। सत्ता गठबन्धनका उम्मेदवार माओवादीका डा अधिकारीलाई ९ हजार २३३ मतको अन्तरले पराजित गर्दै राप्रपाका पाण्डेले प्रतिनिधि सभाको सिट सुरक्षित गरेका हुन्। 

चितवन ३ बाट यसअघि २०७४ सालको चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका थिए। पाण्डे प्रचण्डसँग ९ हजार ३४१ मतको अन्तरले पराजित भएका थिए। 

प्रचण्डले ४८ हजार २७६ मत ल्याएका थिए भने पाण्डे ३८ हजार ९३५ मतमा सीमित भएका थिए। उनी २०७३ मा भूमिसुधार तथा व्यवस्था र २०७४ मा वन तथा भू–संरक्षण मन्त्री भएका थिए।

बालकृष्ण शिवाकोटी
यस्तै व्यवसायी तथा नेकपा एमालेका नेता बालकृष्ण शिवाकोटी दोलखाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन्। विवादका कारण उनको क्षेत्रमा हालसम्म पनि मतगणना हुन सकेको छैन। 

जित्न नसकेका उमेश श्रेष्ठ
व्यवसायी तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका थिए। सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले पराजित गरेका हुन्। श्रेष्ठ घद्ध हजार १७० मतान्तरले पराजित भएका छन्। 

व्यवसायीका रुपमा उनले शिक्षा, पर्यटन, ऊर्जा र बैंकिङ क्षेत्रमा लगानी गरेका छन्। निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र निजी उच्च माध्यमिक विद्यालयहरुको संगठन (हिसान) का पूर्वअध्यक्ष पनि हुन्। 

उनी २०७० र २०७४ मा समानुपातिकबाट सांसद भएका थिए। वर्तमान मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्री छन्। उनी त्यसअघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीसमेत भएका थिए। 

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १६:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
आयोगले निर्वाचनको पूरै नतिजा आज राष्ट्रपतिलाई बुझाउने निर्वाचन परिणामको प्रतिवेदन बुझाउने राष्ट्रपति रामचन्द्र पौडेलसँग दिउँसो ४ बजे भेटघाट गर्ने कार्यक्रम राखेको आयोगका प्रवक्ता नारायणप... बिहीबार, चैत ५, २०८२
ताजा समाचारसबै
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन बुधबार, चैत २५, २०८२
कोशी प्रदेशका मुख्यमन्त्रीलाई मातृशोक बुधबार, चैत २५, २०८२
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक सम्पन्न बुधबार, चैत २५, २०८२
मानव इतिहासमा सबैभन्दा टाढाको यात्रा सम्पन्न बुधबार, चैत २५, २०८२
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुन’ आग्रह बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्