गुल्मी– गुल्मी–१ बाट प्रतिनिधि सभामा नवनिर्वाचित डा.चन्द्र भण्डारीले जित हार निरन्तर प्रक्रिया रहेको बताएका छन्।
निर्वाचित भएपछि पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै डा.भण्डारीले चुनावी प्रतिस्पर्धामा उत्रिएपछि जिता हार भइहाल्ने बताए।
जिल्लाका विभिन्न क्षेत्रमा विकासका काम धेरै गर्न बाँकी रहेकाले अब त्यसतर्फ आफनो ध्यान जाने भण्डारीले बताए।
उनले आफ्नो विजयीले ०७० सालमा निर्वाचित भएपछि थालेका कामहरू पूरा गर्ने बताए।
भण्डारी ३३ हजार ७ सय ४४ मत प्राप्त गरेर विजयी भएका हुन् भने नेकपा एमालेका प्रदीपकुमार ज्ञवालीले ३२ हजार १ सय ५२ मत प्राप्त गरेर पराजित भए।
०६४ सालदेखि नै प्रतिस्पर्धा गर्दै आएका भण्डारी र ज्ञवाली आलो पालो गर्दै चुनाव जित्दै आएका थिए। ०६४ सालमा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा भण्डारी र ज्ञवालीबीच प्रतिस्पर्धा भएको थियो।
त्यतिखेर भण्डारी ज्ञवालीसँग पराजित भएका थिए। ०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा पनि भण्डारी र ज्ञवाली बीचको प्रतिस्पर्धामा ज्ञवाली पराजित भएका थिए।
त्यस्तै ०७४ सालमा सम्पन्न निर्वाचनमा भण्डारी र ज्ञवालीबीचको प्रतिस्पर्धामा भण्डारी पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।