• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक १०, २०८२ Mon, Oct 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

जनमतबाट अनुमोदित भएका ‘बागी’हरू

64x64
धनु विश्वकर्मा शनिबार, मंसिर १०, २०७९  ०६:५४
1140x725

काठमाडौं– मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना अझै जारी छ। अधिकांश ठाउँको मतपरिणाम सार्वजनिक भइसके पनि केही ठाउँको भने मतपरिणाम आउन बाँकी छ। 

यसपटकको निर्वाचन परिणाम दलहरूले अपेक्षाभन्दा धेरै फरक आएको विश्लेषण हुन थालेको छ। दलीय ‘गढ’ भनेर चिनिँदै आएका धेरै क्षेत्रमा नयाँ उदाएको दल (राष्ट्रिय स्वतन्त्र पार्टी) र स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन्। 

निर्वाचनमा केही यस्ता स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन्, जो दलबाट टिकट नपाएर ‘बागी’ उठेका थिए। त्यसमध्ये केही दलको टिकट बहिस्कार गरेर चुनावी मैदानमा उत्रिएका उम्मेदवार पनि छन्, जसले जित आफ्नो नाममा दर्ता गरे। 

प्रभु साह, अमरेश कुमार सिंह, योगेन्द्र मण्डल, किरण साह, तारा जोशी, सरुल मगर लगायत उम्मेदवार हुन्, जसले दलीय निर्णयको विरुद्धमा गएर उम्मेदवारी दिए र प्रदेश तथा प्रतिनिधि सभा सदस्यमा जित हासिल गरे। 

प्रभु साह
नेकपा एमालेका केन्द्रीय कमिटी र स्थायी कमिटी सदस्य समेत रहेका प्रभु साहले पार्टीबाट विद्रोह गरेर रौतहट ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार दिए। माओवादी परित्याग गरी एमाले रोजेका उनी एमालेको निर्णयबाट पनि सन्तुष्ट हुन नसकेपछि स्वतन्त्र हुने निष्कर्षमा पुगे। मधेस प्रदेशका प्रतिनिधि तथा प्रदेश सभाको सिट बाँडफाँट आफूले गरेको आग्रहअनुसार नभए पनि साहले एमालेबाट विद्रोह गरे। 

उनको विद्रोहलाई रौतहट ३ का मतदाताले ‘अनुमोदन’ गरिदिए। साह ३२ हजार ४३७ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अ‍ोमप्रकाशले २५ हजार २००मत ल्याए। 

२०४६ पछि राजनीतिक गतिविधिमा सक्रिय उनी तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्धमा सामेल भएका थिए। २०६३ मा अन्तरिम व्यवस्थापिकाको सदस्य भएका उनी २०६४, २०७० र २०७४ को निर्वाचनमा रौतहट– ३ बाट माओवादीको उम्मेदवारको रुपमा निर्वाचित भएका थिए। एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा विभाजित आएपछि उनी एमालेतिरै रहेका थिए। २०७९ को यस निर्वाचनमा पनि उनलाई एमालेले नै टिकट दिएको थियो। तर एमालेको टिकट ‘होल्ड’ गरेर उनले स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन गरेका थिए। तत्कालीन नेकपामा उनी केन्द्रीय कमिटी सदस्य थिए, एमालेमा भने स्थायी कमिटी सदस्य थिए।

अमरेशकुमार सिंह
सर्लाही ४ बाट सत्ता गठबन्धनका उम्मेदवारउम्मेदवारलाई हराउँदै अमेरशकुमार सिंह निर्वाचित भएका छन्। सिंहले २० हजार १७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका नागेन्द्र कुमारले भने १८ हजार २५३ मत प्राप्त गरेका छन्। कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका साहले आफ्ना पूर्व सहकर्मीलाई पराजित गर्दै जित दर्ता गरे। 

Ncell 2
Ncell 2

५२ वर्षीय सिंह २०७९ सालको चुनावका लागि स्वतन्त्र उम्मेदवार बन्नु अगाडिसम्म कांग्रेसमै थिए। उनी कांग्रेसकै तर्फबाट २०७४ को प्रतिनिधि सभा र २०७० को संविधान सभामा निर्वाचित भएका थिए। त्यसअघि उनी २०६३ को अन्तरिम व्यवस्थापिकाको सदस्य थिए। उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत भइसकेका छन्। २०७९ को निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार भएका हुन्।

योगेन्द्र मण्डल
मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) विजयी भएका छन्। मण्डलले २१ हजार ८२० मत ल्याउँदा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४८६ मत प्राप्त गरे। एमाले, जसपा गठबन्धनमा जसपाका राजकुमार यादवले १७ हजार ३ सय ९० मत पाएका छन्। 

नेकपा एमालेको स्थानीय कमिटीबाट उनी उक्त क्षेत्रका लागि प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भएका थिए। एमालेले जनता समाजवादी पार्टीसँग तालमेल गरेपछि उक्त क्षेत्रमा जनता समाजवादीले नै दाबी गर्‍यो। 

जसपाको ‘भाग’ पुर्‍याउनुपर्ने भएपछि एमालेले उनलाई टिकट दिएन। त्यसपछि उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिए र जित हासिल गरे। 

किरण साह
रौतहटको क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार किरण साह विजयी भएका छन्। उनले नेपाली कांग्रेसका फिरदोस आलमलाई ४ हजार ५९४ मतको अन्तरले पराजित गरे। साहले ३२ हजार ८४२ मत ल्याउँदा नेपाली कांग्रेसका आलमले २८ हजार २४८ मत पाए। प्रतिद्वन्द्वी आलम कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताव आलम (जो बम विस्फोट तथा इटाभट्टामा जलाएर मान्छे मारेको अभियोगमा जेलमा छन्)का जेठो छोरा हुन्। 
४४ वर्षीय साह एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेका हुन्। २०७४ को निर्वाचनमा उनी संघीय समाजवादी फोरमबाट उम्मेदवार थिए। तर मोहम्मद अफताव आलमसँग पराजित भएका थिए। यसबीचमा उनी एमाले प्रवेश गरेका थिए। तर टिकट पाएनन्। र प्रभु साहको समूहमा लागेर उनले स्वतन्त्र उम्मेदवार दिए। 

सुरुल पुन
रुकुम पूर्वको प्रदेश सभा ‘१’ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन (अजयशक्ति) निर्वाचित भए। नेकपा माओवादीका तेजबहादुर ओलीलाई पराजित गर्दै सरुल जित निकाल्न सफल भए। पुनले ४ हजार ४६५ मत ल्याउँदा माओवादीका ओलीले ३ हजार ९३२ मत प्राप्त गरे। 

निर्वाचन आयोगको विवरणअनुसार उक्त क्षेत्रमा ५ जना उम्मेदवार रहेका थिए। पुनले ५ सय ३३ मतान्तरले जित निकाले। पुन नेकपा माओवादी केन्द्रका निवर्तमान लुम्बिनी प्रदेश कमिटी सदस्य पनि हुन्। उनले पार्टीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार दिएका हुन्।

यो पनि पढ्नुहोस

‘जनयुद्ध’मै शहीद भएको ठानिएका अजयशक्ति बने प्रदेश सांसद 

उनलाई माओवादी केन्द्रका निवर्तमान लुम्बिनी प्रदेश कार्यालय सदस्य तथा भूमे गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढामगर (वीरता) लगाएतका नेताहरूको समर्थन थियो। पुनलाई जिताउन (१) नम्बर क्षेत्रमा एमालेका उम्मेदवार तेजेन्द्र बुढामगर (तेजिलो) ले समेत आफ्नो उम्मेदवारी निष्क्रिय पारेका थिए। 

तारा जोशी
डडेलधुरा प्रदेशसभाको सदस्य (२) बाट तारा जोशी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।  उनले सत्ता गठबन्धनका गोविन्दराज बोहोरालाई ४२५ मतको अन्तरले पराजित गरे। जोशीले ११ हजार १६२ मत पाउँदा बोहरा १० हजार ३७३ मतमा सीमित रहे।  

नेकपा एमालेको डडेलधुरा जिल्ला कमिटी अध्यक्ष समेत रहेका तारा जोशी केही महिना अगाडि नेकपा एकीकृत समाजवादीमा सामेल भएका थिए। उनी नेकपा एकीकृत समाजवादीको उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धा उत्रिने तयारीमा थिए। तर, सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा डडेलधुराको प्रदेश सभा (२) को टिकट कांग्रेसका नेता एवम् सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री बोहोराले पाए। 

यो पनि पढ्नुहोस

देउवाका गाउँले, सत्ता गठबन्धनका ‘बागी’, दोस्रो प्रयासमा प्रदेश सांसद बने तारा जोशी 

आफूले पाउने भनेको टिकट खोसिएपछि जोशीले पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिए। उनको विद्रोहलाई जनताले अनुमोदन गरे, र प्रदेश सभा सदस्यमा चुने। 

देवेन्द्र बहादुर शाही
जुम्लाको प्रदेश सभा (१) मा पनि स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। देवेन्द्रबहादुर शाहीले ९ हजार ६५४ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका ललितजंग शाही ७ हजार ७५५ मतमा सीमित रहे। उक्त क्षेत्रबाट प्रदेश सभा सदस्यको उम्मेदवारका आकांक्षा व्यक्त गरेका शाहीले अन्तिम समयमा टिकट नपाउने भएपछि पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनको विद्रोहलाई पनि जुम्ला प्रदेश सभा (१) क्षेत्रका जनताले अनुमोदन गरिदिएका छन्। 

र, लालविर चौधरी
बर्दिया क्षेत्र नम्बर २ बाट लालविर चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सुरेश पन्थलाई पराजित गर्दै लालविर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। 

यो पनि पढ्नुहोस

छोरा रेशमको उम्मेदवारी खारेज हुने डरले उम्मेदवार बनेका लालविर, गठबन्धनलाई हराउँदै प्रतिनिधि सभा सदस्यमा विजयी

लालविर नागरिक उन्मुक्ति पार्टीका नेता (कैलालीको टीकापुर हत्याकाण्डको मुद्दामा जेल सजाय भोगिरहेका) रेशम चौधरीका पिता हुन्। बर्दिया २ बाट रेशम आफैंले पनि (वारेशमार्फत्) पार्टीको आधिकारिक उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गराएका थिए। फौजदारी अभियोग लागेको भनेर छोराको उम्मेदवारी खारेज हुनसक्ने डरले लालविरले पनि उक्त क्षेत्रमा उम्मेदवारी दिएका थिए। 

पूर्वआकलन अनुसार नै रेशमको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदियो। त्यसपछि नागरिक उन्मुक्ति पार्टीले लालविरलाई समर्थन गर्‍यो। 

थारु समुदायको ‘मुक्ति’का लागि भनेर गठन भएको पार्टीको समर्थनमा थारु समुदायकै भोट पाएर लालविर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। लालविरले पार्टी निर्णयविरुद्ध विद्रोह त गर्नु परेन, तर उनको पार्टीका नेताहरू भने उनलाई ‘राज्यसत्ता’का बागी उम्मेदवारका रुपमा प्रस्तुत गर्छन्, जो जनमतबाट पनि अनुमोदन भएका छन्।

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०६:५४
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने आयोगको निर्णय आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। बिहीबार, असोज ९, २०८२
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह सोमबार, कात्तिक १०, २०८२
जनसंघर्षमा उत्रियो नेकपा, यस्ता छन् कार्यक्रम सोमबार, कात्तिक १०, २०८२
उपचार गर्न पत्नीसहित सिंगापुर जाँदै देउवा सोमबार, कात्तिक १०, २०८२
अमेरिका-चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति सोमबार, कात्तिक १०, २०८२
आज छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै सोमबार, कात्तिक १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
११ हजार ६ सयले घट्यो सुनको मुल्य आइतबार, कात्तिक ९, २०८२
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ आइतबार, कात्तिक ९, २०८२
अमेरिकासँग भिड्दै नेपाल आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्