• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

जनमतबाट अनुमोदित भएका ‘बागी’हरू

64x64
धनु विश्वकर्मा शनिबार, मंसिर १०, २०७९  ०६:५४
1140x725

काठमाडौं– मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना अझै जारी छ। अधिकांश ठाउँको मतपरिणाम सार्वजनिक भइसके पनि केही ठाउँको भने मतपरिणाम आउन बाँकी छ। 

यसपटकको निर्वाचन परिणाम दलहरूले अपेक्षाभन्दा धेरै फरक आएको विश्लेषण हुन थालेको छ। दलीय ‘गढ’ भनेर चिनिँदै आएका धेरै क्षेत्रमा नयाँ उदाएको दल (राष्ट्रिय स्वतन्त्र पार्टी) र स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन्। 

निर्वाचनमा केही यस्ता स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन्, जो दलबाट टिकट नपाएर ‘बागी’ उठेका थिए। त्यसमध्ये केही दलको टिकट बहिस्कार गरेर चुनावी मैदानमा उत्रिएका उम्मेदवार पनि छन्, जसले जित आफ्नो नाममा दर्ता गरे। 

प्रभु साह, अमरेश कुमार सिंह, योगेन्द्र मण्डल, किरण साह, तारा जोशी, सरुल मगर लगायत उम्मेदवार हुन्, जसले दलीय निर्णयको विरुद्धमा गएर उम्मेदवारी दिए र प्रदेश तथा प्रतिनिधि सभा सदस्यमा जित हासिल गरे। 

प्रभु साह
नेकपा एमालेका केन्द्रीय कमिटी र स्थायी कमिटी सदस्य समेत रहेका प्रभु साहले पार्टीबाट विद्रोह गरेर रौतहट ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार दिए। माओवादी परित्याग गरी एमाले रोजेका उनी एमालेको निर्णयबाट पनि सन्तुष्ट हुन नसकेपछि स्वतन्त्र हुने निष्कर्षमा पुगे। मधेस प्रदेशका प्रतिनिधि तथा प्रदेश सभाको सिट बाँडफाँट आफूले गरेको आग्रहअनुसार नभए पनि साहले एमालेबाट विद्रोह गरे। 

उनको विद्रोहलाई रौतहट ३ का मतदाताले ‘अनुमोदन’ गरिदिए। साह ३२ हजार ४३७ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अ‍ोमप्रकाशले २५ हजार २००मत ल्याए। 

२०४६ पछि राजनीतिक गतिविधिमा सक्रिय उनी तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्धमा सामेल भएका थिए। २०६३ मा अन्तरिम व्यवस्थापिकाको सदस्य भएका उनी २०६४, २०७० र २०७४ को निर्वाचनमा रौतहट– ३ बाट माओवादीको उम्मेदवारको रुपमा निर्वाचित भएका थिए। एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा विभाजित आएपछि उनी एमालेतिरै रहेका थिए। २०७९ को यस निर्वाचनमा पनि उनलाई एमालेले नै टिकट दिएको थियो। तर एमालेको टिकट ‘होल्ड’ गरेर उनले स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन गरेका थिए। तत्कालीन नेकपामा उनी केन्द्रीय कमिटी सदस्य थिए, एमालेमा भने स्थायी कमिटी सदस्य थिए।

अमरेशकुमार सिंह
सर्लाही ४ बाट सत्ता गठबन्धनका उम्मेदवारउम्मेदवारलाई हराउँदै अमेरशकुमार सिंह निर्वाचित भएका छन्। सिंहले २० हजार १७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका नागेन्द्र कुमारले भने १८ हजार २५३ मत प्राप्त गरेका छन्। कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका साहले आफ्ना पूर्व सहकर्मीलाई पराजित गर्दै जित दर्ता गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

५२ वर्षीय सिंह २०७९ सालको चुनावका लागि स्वतन्त्र उम्मेदवार बन्नु अगाडिसम्म कांग्रेसमै थिए। उनी कांग्रेसकै तर्फबाट २०७४ को प्रतिनिधि सभा र २०७० को संविधान सभामा निर्वाचित भएका थिए। त्यसअघि उनी २०६३ को अन्तरिम व्यवस्थापिकाको सदस्य थिए। उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत भइसकेका छन्। २०७९ को निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार भएका हुन्।

योगेन्द्र मण्डल
मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) विजयी भएका छन्। मण्डलले २१ हजार ८२० मत ल्याउँदा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४८६ मत प्राप्त गरे। एमाले, जसपा गठबन्धनमा जसपाका राजकुमार यादवले १७ हजार ३ सय ९० मत पाएका छन्। 

नेकपा एमालेको स्थानीय कमिटीबाट उनी उक्त क्षेत्रका लागि प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भएका थिए। एमालेले जनता समाजवादी पार्टीसँग तालमेल गरेपछि उक्त क्षेत्रमा जनता समाजवादीले नै दाबी गर्‍यो। 

जसपाको ‘भाग’ पुर्‍याउनुपर्ने भएपछि एमालेले उनलाई टिकट दिएन। त्यसपछि उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिए र जित हासिल गरे। 

किरण साह
रौतहटको क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार किरण साह विजयी भएका छन्। उनले नेपाली कांग्रेसका फिरदोस आलमलाई ४ हजार ५९४ मतको अन्तरले पराजित गरे। साहले ३२ हजार ८४२ मत ल्याउँदा नेपाली कांग्रेसका आलमले २८ हजार २४८ मत पाए। प्रतिद्वन्द्वी आलम कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताव आलम (जो बम विस्फोट तथा इटाभट्टामा जलाएर मान्छे मारेको अभियोगमा जेलमा छन्)का जेठो छोरा हुन्। 
४४ वर्षीय साह एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेका हुन्। २०७४ को निर्वाचनमा उनी संघीय समाजवादी फोरमबाट उम्मेदवार थिए। तर मोहम्मद अफताव आलमसँग पराजित भएका थिए। यसबीचमा उनी एमाले प्रवेश गरेका थिए। तर टिकट पाएनन्। र प्रभु साहको समूहमा लागेर उनले स्वतन्त्र उम्मेदवार दिए। 

सुरुल पुन
रुकुम पूर्वको प्रदेश सभा ‘१’ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन (अजयशक्ति) निर्वाचित भए। नेकपा माओवादीका तेजबहादुर ओलीलाई पराजित गर्दै सरुल जित निकाल्न सफल भए। पुनले ४ हजार ४६५ मत ल्याउँदा माओवादीका ओलीले ३ हजार ९३२ मत प्राप्त गरे। 

निर्वाचन आयोगको विवरणअनुसार उक्त क्षेत्रमा ५ जना उम्मेदवार रहेका थिए। पुनले ५ सय ३३ मतान्तरले जित निकाले। पुन नेकपा माओवादी केन्द्रका निवर्तमान लुम्बिनी प्रदेश कमिटी सदस्य पनि हुन्। उनले पार्टीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार दिएका हुन्।

यो पनि पढ्नुहोस

‘जनयुद्ध’मै शहीद भएको ठानिएका अजयशक्ति बने प्रदेश सांसद 

उनलाई माओवादी केन्द्रका निवर्तमान लुम्बिनी प्रदेश कार्यालय सदस्य तथा भूमे गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढामगर (वीरता) लगाएतका नेताहरूको समर्थन थियो। पुनलाई जिताउन (१) नम्बर क्षेत्रमा एमालेका उम्मेदवार तेजेन्द्र बुढामगर (तेजिलो) ले समेत आफ्नो उम्मेदवारी निष्क्रिय पारेका थिए। 

तारा जोशी
डडेलधुरा प्रदेशसभाको सदस्य (२) बाट तारा जोशी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।  उनले सत्ता गठबन्धनका गोविन्दराज बोहोरालाई ४२५ मतको अन्तरले पराजित गरे। जोशीले ११ हजार १६२ मत पाउँदा बोहरा १० हजार ३७३ मतमा सीमित रहे।  

नेकपा एमालेको डडेलधुरा जिल्ला कमिटी अध्यक्ष समेत रहेका तारा जोशी केही महिना अगाडि नेकपा एकीकृत समाजवादीमा सामेल भएका थिए। उनी नेकपा एकीकृत समाजवादीको उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धा उत्रिने तयारीमा थिए। तर, सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा डडेलधुराको प्रदेश सभा (२) को टिकट कांग्रेसका नेता एवम् सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री बोहोराले पाए। 

यो पनि पढ्नुहोस

देउवाका गाउँले, सत्ता गठबन्धनका ‘बागी’, दोस्रो प्रयासमा प्रदेश सांसद बने तारा जोशी 

आफूले पाउने भनेको टिकट खोसिएपछि जोशीले पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिए। उनको विद्रोहलाई जनताले अनुमोदन गरे, र प्रदेश सभा सदस्यमा चुने। 

देवेन्द्र बहादुर शाही
जुम्लाको प्रदेश सभा (१) मा पनि स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। देवेन्द्रबहादुर शाहीले ९ हजार ६५४ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका ललितजंग शाही ७ हजार ७५५ मतमा सीमित रहे। उक्त क्षेत्रबाट प्रदेश सभा सदस्यको उम्मेदवारका आकांक्षा व्यक्त गरेका शाहीले अन्तिम समयमा टिकट नपाउने भएपछि पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनको विद्रोहलाई पनि जुम्ला प्रदेश सभा (१) क्षेत्रका जनताले अनुमोदन गरिदिएका छन्। 

र, लालविर चौधरी
बर्दिया क्षेत्र नम्बर २ बाट लालविर चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सुरेश पन्थलाई पराजित गर्दै लालविर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। 

यो पनि पढ्नुहोस

छोरा रेशमको उम्मेदवारी खारेज हुने डरले उम्मेदवार बनेका लालविर, गठबन्धनलाई हराउँदै प्रतिनिधि सभा सदस्यमा विजयी

लालविर नागरिक उन्मुक्ति पार्टीका नेता (कैलालीको टीकापुर हत्याकाण्डको मुद्दामा जेल सजाय भोगिरहेका) रेशम चौधरीका पिता हुन्। बर्दिया २ बाट रेशम आफैंले पनि (वारेशमार्फत्) पार्टीको आधिकारिक उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गराएका थिए। फौजदारी अभियोग लागेको भनेर छोराको उम्मेदवारी खारेज हुनसक्ने डरले लालविरले पनि उक्त क्षेत्रमा उम्मेदवारी दिएका थिए। 

पूर्वआकलन अनुसार नै रेशमको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदियो। त्यसपछि नागरिक उन्मुक्ति पार्टीले लालविरलाई समर्थन गर्‍यो। 

थारु समुदायको ‘मुक्ति’का लागि भनेर गठन भएको पार्टीको समर्थनमा थारु समुदायकै भोट पाएर लालविर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। लालविरले पार्टी निर्णयविरुद्ध विद्रोह त गर्नु परेन, तर उनको पार्टीका नेताहरू भने उनलाई ‘राज्यसत्ता’का बागी उम्मेदवारका रुपमा प्रस्तुत गर्छन्, जो जनमतबाट पनि अनुमोदन भएका छन्।

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०६:५४
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्