• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

‘जनयुद्ध’मै शहीद भएको ठानिएका अजयशक्ति बने प्रदेश सांसद 

64x64
धनु विश्वकर्मा बुधबार, मंसिर ७, २०७९  १७:१०
1140x725

काठमाडौं– रुकुम पूर्वको प्रदेश ‘१’ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन(अजयशक्ति) निर्वाचित भए।

उनले नेकपा माओवादीका तेजबहादुर ओलीलाई पराजित गर्दै जित निकाल्न सफल भए। पुनले ४ हजार ४ सय ६५ मत ल्याउँदा माओवादीका ओलीले ३ हजार ९ सय ३२ मत प्राप्त गरे। 

निर्वाचन आयोगका विवरण अनुसार उक्त क्षेत्रमा पाँच जना उम्मेदवार रहेका थिए। पुनले ५ सय ३३ मतान्तरले जित निकाले। 

पुन नेकपा माओवादी केन्द्रका निवर्तमान लुम्बिनी प्रदेश कमिटी सदस्य पनि हुन्। उनले पार्टीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार दिएका हुन्।

उनलाई माओवादी केन्द्रका निवर्तमान लुम्बिनी प्रदेश कार्यालय तथा सदस्य भूमे गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढामगर (वीरता) लगाएतका नेताहरूको समर्थन थियो। पुनलाई जिताउन (१) नम्बर क्षेत्रमा एमालेका उम्मेदवार तेजेन्द्र बुढामगर (तेजिलो) ले समेत निष्क्रिय हुने सहमति गरेका थिए। जसकारण जित निकाल्न सहज भएको पुन निकटस्थ बताउँछन्। 

१७ वर्षमा भूमिगत हुँदै जनसेना कमाण्डर
‘माओवादी जनयुद्ध’मा ०५२ फागुन १ गते सुरुल मगर भूमिगत भए। रुकुम पूर्वको भुमे गाउँपालिका–१ को अजयकोटमा जन्मेका सुरुल भूमिगतपछि अजयशक्ति भए।

त्यतिबेला उनी १७ वर्षका थिए। निम्नमध्यम परिवारमा जन्मेका उनले ८ कक्षासम्म पढे। आर्थिक अभावका कारण पढाइलाई अघि बढाउन सकेनन्। बाल्यकालमै गाउँमा भोग्ने जातीय उत्पीडनका ठूल्ठला पहाड उनले देखे। 

रुकुम ‘जनयुद्ध’को उर्वरभूमि हो। त्यसमाथि युद्धमा होमिन कुनै कारण चाहिएको थिएन उनलाई। छरछिमेकका युवा होमिने लहर सुरु भएको थियो।

nimb
nimb

चरम आर्थिक चपेटामा परेका सुरुल पनि हातमा क्रान्तिको लाल झण्डा बोकेर युद्धमा जान तयार भए। ०५३ सालमा जब प्रहरीले उनीहरूको राइफल खोसे, त्यहाँदेखि उनी निसानामा परे। पटक पटक भिडन्तमा ठोकिए। 

पटक पटक ज्यानको बाजी थापेर उनी क्रान्तिको मैदानमा उत्रिएका थिए। ‘त्यो बेला मृत्यु हाम्रा लागि सामान्य भएको थियो। सारा जीवन मुक्तिका लागि अर्पण गरेका थियौँँ,’ उनले भने।

त्यतिबेला अजयशक्ति जनमुक्ति सेनाको कमान्डरसमेत भए। माओवादी शान्ति प्रक्रियामा आएपछि उनी लामो समयसम्म माओवादी राजनीतिमा सक्रिय छन्। 

६ वर्ष जति युद्धमा होमिएका उनी जनसेनाका रुपमा विभिन्न ठाउँ पुगे।

कर्णाली र सुदूरपश्चिमका कुना कुना पुगे। त्यही क्रममा उनी सोलुखुम्बु पुगे। कैलाली कञ्चनपुरका विभिन्न ठाउँमा उनको नेतृत्वमा क्याम्प खडा गरियो। कहिले तातो राप भएको तराई र कहिले थरथर कमाउने चिसो हिमालमा पनि पुगे। 

आफ्नै पिसाब पिएर बाँचे
०५८ सालको कुरा हो। सोलुखुम्बमा उनी दोहोरो भिडन्तमा परे। उनी लडाइँमा घाइते भए। साथीहरूले मर्यो भनेर माया मारे, अनि एक्लै छाडिदिए। सुनसान जंगलमा अजयशक्ति मृतक घोषित भए। साथीहरूले लाश करार गर्दै भागे। ‘म त्यही जंलगमा बाँच्ने आशाको संघर्ष गरिराखेको थिएँ,’ उनले भने। 

जीवन मृत्युको अन्तिम संघर्ष गरिराखेका अजयशक्तिले बाँच्ने अभिलाशा जगाएका थिए। ‘जंगली जनावरको सिकार नभए म बाँच्छु भन्ने थियो,’ उनी सम्झन्छन्।

साथीहरूले माया मारिसकेका अजयशक्ति मुक्तिका लागि फेरि उठे। उनले जीवन जोगाउन आफ्नै पिसाव पिए। ‘घना जंगलमा पानीले श्वास जोगाउँछ भन्ने सुनेका थिएँ। त्यहाँ पानी पाउने कुरा भएन। अनि पिसाब पिएँ र म बाँचे,’ उनी भन्छन्। 

एक महिनासम्म अजयमुक्ति कसैको सम्पर्कमा आएनन्। 

उनी पार्टी र संगठनका लागि शहीदको सूचीमा सूचीकृत भए। तत्कालीन माओवादीले श्रद्धाञ्जलीसभा गर्‍यो। परिवारले जेठो छोराको माया मारे। छोराले सहादात प्राप्त गरे भनेर मन बुझाए। उनी सबै सबैका लागि शहीद भए। तर आफ्ना लागि भने जीवित थिए। 

एक महिनापछि पार्टी र परिवारको सम्पर्कमा आए। आफनो नाममा शहीदको सूचीमा देखेर झस्किए। आफैंले सूचीबाट नाम हटाए। त्यतिबेला बेपत्ता पारिएकाहरूको खोजी भएन। कोही जीवितहरू पनि शहीदको सूचीमा थिए। 

उनी माओवादी शान्तिवार्तापछि सामान्य जीवनशैलीमा फर्किए। रगत पसिना बगाएका युवाहरूको उचित मूल्याङ्कन नभएको कुराले मनमा कता कता पीर थियो। तर, पनि माओवादी पार्टी राजनीतिमा निरन्तर लागेका थिए। 

टिकट नपाएपछि माओवादीभित्रै विद्रोह
यसअघि अजयमुक्तिले कहिले पनि उम्मेदवार बन्ने लालसा देखाएनन्। ‘मैले कहिले पनि हस्तक्षेप गरिनँ। पार्टीलाई निरन्तर सहयोग गरेँ। कहिले पनि स्वार्थको पछि लागिनँ,’ उनी भन्छन्। 

यो पटक उनले रुकुमपूर्व ‘१’मा उम्मेदवारको इच्छा देखाए। तर, माओवादीले उनलाई टिकट दिन तयार भएन। त्यसपछि भने उनले माओवादी भित्रै विद्रोह गरे। 

अन्ततः जित हासिल गरे। ‘युद्धको रणभूमिमा मुक्तिका नारा लगाएको मलाई पार्टीले उपेक्षा गरेको महशुस भयो, त्यसकारण विद्रोह गरेर उठेँ। जनताले जिताउनुभयो। मुक्तिका लागि सधैँ लडिरहन्छु,’ उनी सुनाउँछन्।  

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
मियामीको जितमा मेसीको ४ गोल आइतबार, भदौ १४, २०८३
बाढीमा हराएका व्यक्तिहरूको पोस्टरले भरिन थाले अस्पतालका भित्ता (तस्बिर) आइतबार, भदौ १४, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
स्वास्थ्यमन्त्री भन्छिन्– शव गाड्नु नष्ट गर्नु होइन, संरक्षण गर्नु हो आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एमएडब्लू ग्रुपद्वारा १ करोड ११ लाख सहयोग आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त शनिबार, भदौ १३, २०८३
चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्षद्वारा बाढी प्रभावित समुदायका लागि बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रमको घोषणा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्