काभ्रे– काभ्रे क्षेत्र नम्बर २ मा पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा निर्वाचित भएका छन्। एमाले पोलिटब्यूरो सदस्यसमेत रहेका बाँस्कोटाले गठबन्धनबाट उम्मेदवार बनेका शिवप्रसाद हुमागाईंलाई पराजित गर्दै प्रतिनिधि सभामा निर्वाचित भएका हुन्।
बाँस्कोटाले प्रतिस्पर्धी हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरेका छन्। उनले ४५ हजार ३ सय ४५ मत प्राप्त गर्दा कांग्रेसका हुमागाईंले ३९ हजार ४ सय ८२ मत प्राप्त गरेका छन्।
हुमागाईंपछि क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईं तेस्रो स्थानमा छन्। उनले १० हजार ५ सय ७३ मत पाएका छन्।
बाँस्कोटा यसअघिको २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नम्बर २ बाटै निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।