काठमाडौं– काभ्रे–२मा प्रतिनिधि सभाको मतगणनामा नेकपा एमालेका गोकुल बास्कोटाले ५ हजार ७ सय १८ मतले अग्रता कायम गरेका छन्।
हालसम्मको मतपरिणामअनुसार बास्कोटाले ४३ हजार ६ सय ७१ मत ल्याएका छन् भने गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शिव हुमागाईंले ३७ हजार ९ सय ६३ मत ल्याएका छन्।
अब ५ हजार ९ सय मत गन्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।