काठमाडौं– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणनामा नेकपा एमालेले १० लाख मत कटाएको छ। जारी मत गणनाको पछिल्लो परिणामअनुसार एमालेले १० लाख ३३ हजार २२९ मत पाएको छ।
यस्तै, नेपाली कांग्रेस ९ लाख ८९ हजार १ मतका साथ दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ८८ हजार ६९७ मत पाएको छ। नेकपा माओवादी केन्द्र ४ लाख ५२ हजार ६४८ मतसहित चौथो स्थानमा छ।
२ लाख ६२ हजार ९२४ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं स्थानमा रहँदा जनता समाजवादी पार्टी (जसपा) नेपालले १ लाख २९ हजार ६३३ मत ल्याएको छ।
पछिल्लो मतपरिणाम अनुसार समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको मत संख्या:
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी): १०३३२२९
नेपाली काँग्रेस: ९८९००१
राष्ट्रिय स्वतन्त्र पार्टी: ४८८६९७
एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी:४५२६४८
राष्ट्रिय प्रजातन्त्र पार्टी: २६२९२४
जनता समाजवादी पार्टी, नेपाल: १२९६३३
जनमत पार्टी: ७७३१६
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी): ७३२३४
नागरिक उन्मुक्ति पार्टी: ७०६२०
नेपाल मजदुर किसान पार्टी: ५७३४०
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल: ५४३२५
हाम्रो नेपाली पार्टी: ३१९३९
राष्ट्रिय जनमोर्चा: २८७८९
मंगोल नेशनल अर्गनाइजेशन: २००६५
नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी): ११०४७
राष्ट्रिय जनमुक्ति पार्टी: ८६६५
नेपाल संघीय समाजवादी पार्टी: ७७५४
एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी): ६२५७
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च: ५३५७
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल: ५२११
जनता प्रगतिशिल पार्टी, नेपाल: ४५४८
नेपालका लागि नेपाली पार्टी: ३९६५
नेपाली जनता दल: ३२९१
नेपाल जनता पार्टी: ३२६७
नेपाल लोकतान्त्रिक पार्टी: ३०९७
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल): ३०११
नेपाली काँग्रेस (बी.पी.): २९७५
आमूल परिवर्तन मसिहा पार्टी नेपाल: २५९४
नेपाल कम्युनिष्ट पार्टी: २४६०
मितेरी पार्टी नेपाल: २२८९
जनसमाजवादी पार्टी, नेपाल: २०५१
बहुजन एकता पार्टी नेपाल: २०२७
एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी): १९८१
जनजागरण पार्टी नेपाल: १८१२
एकीकृत शक्ति नेपाल: १७९१
तराई मधेश लोकतान्त्रिक पार्टी: १७०२
विवेकशील साझा पार्टी: १३५६
मौलिक जरोकिलो पार्टी: १२५२
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल: १२३७
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट): ११२७
पिछडावर्ग निषाद दलित जनजाति पार्टी: १११४
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी: १०१९
बहुजन शक्ति पार्टी: ९६८
नेपाल समावेशी पार्टी: ९५४
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन: ७२३
नेश्नलिष्ट पिपल्स पार्टी: ७१५
राष्ट्रिय नागरिक पार्टी: ५७३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।