काठमाडौं– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काभ्रे क्षेत्र नम्बर २ मा जारी मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ। पछिल्लो परिणामअनुसार नेकपा एमालेका गोकुल बाँस्कोटाले अग्रता कायम राखेका छन्।
८४ हजार ८९४ मत गणना हुँदा एमालेका बाँस्कोटाले ४१ हजार ४४५ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शिव हुमागाईंले ३६ हजार ७१८ मत ल्याएका छन्।
काभ्रे २ मा अब ९ हजार १०३ मत गन्न बाँकी छ। एमालेका बाँस्कोटा ४ हजार ७२७ मतले अगाडि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।