काठमाडौं– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका रामकृष्ण यादव विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई हराउँदै कांग्रेसका यादव विजयी भएका हुन्।
कांग्रेस उम्मेदवार यादवले २० हजार ११२ मत ल्याए। उनका निकटतम् प्रतिस्पर्धी एमालेका उमाशंकर अरगरियाले १९ हजार ९५५ मत ल्याए। एमालेका अरगरियालाई मात्र १५७ मतको अन्तरले पराजित गर्दै यादवले प्रतिनिधि सभाको सिट सुरक्षित गरे।
नेकपा एकीकृत समाजवादीका रामचन्द्र झा १३ हजार ६०५ मत ल्याएर तेस्रो स्थानमा रहे। जनता समाजवादी पार्टीका आनन्द यादवले १२ हजार ९०१ मत ल्याउँदा जनमत पार्टीका जयनारायण साहले ९ हजार ९९२ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।