काठमाडौं– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर १ मा जारी मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ।
पछिल्लो मतपरिणामअनुसार नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार छविलाल विश्वकर्माले अग्रता कायम राखेका छन्।
सत्ता गठबन्धनको समेत समर्थन रहेका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल एमालेका विश्वकर्मालाई पछ्याइरहेका छन्। विश्वकर्माले १५ हजार १९८ मत ल्याएका छन् भने भुसालले १२ हजार ५५३ मत ल्याएका छन्। विश्वकर्मा र भुसालबीच २ हजार ६४५ मतको अन्तर छ।
यस्तै, नागरिक उन्मुक्ति पार्टिका धनीराम चौधरी ८ हजार ५१२ मतसहित तेस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका नरेश बहादुर पछाइ क्षेत्रीले ७ हजार ९४७ मत ल्याएका छन् भने जनमत पार्टिका कैलाश गुरुङले ३ हजार ९६८ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।