काठमाडौं- सिरहा- १ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। त्यहाँ एमालेका रामशंकर यादव विजयी भएका छन्।
अन्तिम मतपरिणाम यसप्रकार छ-
रामशंकर यादव/एमाले- २९४६२
पदमनारायण चौधरी/कांग्रेस- २७३७९
युगलकिशोर साह/जनमत पार्टी- ६८४९
यादव र चौधरीबीच यो दोस्रो प्रतिस्पर्धा थियो। २०५६ मा सिरहा-१ मा यादव मालेबाट र चौधरी कांग्रेसबाट प्रतिस्पर्धी बनेका थिए। तर उनीहरु दुवै पराजित भएका थिए। त्यतिबेला एमालेका रामचन्द्र यादव विजयी भएका थिए।
यस क्षेत्रबाट २०७४ मा कांग्रेस उम्मेदवार प्रदीप गिरि निर्वाचित भएका थिए। उनको निधन भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।