काठमाडौं- रौतहट- २ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। त्यहाँ स्वतन्त्र उम्मेदवार किरणकुमार साह निर्वाचित भएका छन्।
यस्तो छ, अन्तिम मतपरिणामः
किरणकुमार साह/स्वतन्त्र- ३२८४२
मो. फिरदोस आलम/कांग्रेस- २८२४८
शैलेन्द्र साह/जसपा- २१२२
यस निर्वाचन क्षेत्रबाट २०७४ मा मो अफताव आलम विजयी भएका थिए। फिरदोस आलम उनकै पुत्र हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।