काठमाडौं- प्रतिनिधि सभाको मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणना जारी छ। शुक्रबार बिहान ५ बजेसम्म झन्डै १२० निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ। त्यसमध्ये नेकपा एमाले २५ स्थानमा जित निकालेको छ।
अहिलेसम्मको नतिजा र अग्रताको विवरण केलाउँदा २०७४ मा सबैभन्दा ठूलो पार्टी बनेको नेकपा एमाले यसपटक दोस्रो ठूलो पार्टी बन्ने देखिन्छ।
यी हुन् एमालेले अहिलेसम्म जितेका २५ निर्वाचन क्षेत्रः
अम्मरबहादुर रायमाझी/ उदयपुर- २
देवराज घिमिरे/झापा- २
एलपी साँवा लिम्बु/झापा- ४
केपी शर्मा ओली/झापा- ५
योगेशकुमार भट्टराई/ताप्लेजुङ- १
राजेन्द्रकुमार राई/धनकुटा- १
बसन्तुकुमार नेम्वाङ/पाँचथर- १
मानवीर राई/सोलुखुम्बु- १
राजकुमार गुप्ता/पर्सा- ३
रामशंकर यादव/सिरहा- १
कृष्णगोपाल श्रेष्ठ/काठमाडौं- ९
महेशकुमार बर्तौला/मकवानपुर- २
प्रेमबहादुर महर्जन/ललितपुर- २
विद्या भट्टराई/कास्की- १
दामोदर पौडेल बैरागी/कास्की- ३
पदम गिरी/पर्वत- १
पृथ्वी सुब्बा गुरुङ/लमजुङ- १
टोपबहादुर रायमाझी/अर्घाखाँची- १
बलराम अधिकारी/कपिलवस्तु- १
गोकर्णराज विष्ट/गुल्मी- २
सूर्यबहादुर थापा क्षेत्री/प्यूठान- १
सूर्यप्रसाद ढकाल/बाँके- १
बासुदेव घिमिरे/रुपन्देही- ५
तारा लामा तामाङ/कञ्चनपुर- १
दामोदर भण्डारी/बैतडी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।