काठमाडौं- अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा निर्वाचित भएका छन्। रुकुम पश्चिमबाट उम्मेदवार रहेका उनी एमाले उम्मेदवावर नन्दराम देवकोटासँग फराकिलो मतान्तरले विजयी भएका हुन्।
शर्माले २६ हजार ५८८ मतान्तरसहित जित निकालेका हुन्। यस्तो छ अन्तिम मत परिणामः
जनार्दन शर्मा/माओवादी केन्द्र- ३९५४९
नन्दराम देवकोटा/एमाले- १२९६१
तारक केसी/स्वतन्त्र- ३५६७
शर्माको यो चौथो जित हो। उनी २०६४ मा सम्पन्न पहिलो संविधान निर्वाचनपछि त्यस क्षेत्रबाट निरन्तर विजयी हुँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।