काठमाडौं- मोरङ- ४ बाट नेकपा माओवादी केन्द्रका अमनलाल मोदी विजयी भएका छन्। उनले एमाले उम्मेदवार विनोदप्रसाद ढकाललाई पराजित गरेका हुन्।
अन्तिम मत परिणाममा मोदीले ३० हजार ६१२ मत ल्याए। त्यस्तै, ढकालले २४ हजार ४६३ मत ल्याए।
राप्रपाका रवि रिजालले ६ हजार ४२० मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्रप्रसाद सिवाकोटीले ४ हजार ७०९ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।