काठमाडौं– प्रतिनिभि सभाअन्तर्गत दाङ क्षेत्र नम्बर ३ बाट नेकपा एकिकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन्। पूर्वसहकर्मी नेकपा एमालेका शान्ता चौधरीलाई पराजित गर्दै मेटमणि निर्वाचित भएका हुन्।
मेटमणि २६ हजार ५६३ मत सहित विजयी बनेका छन् भने उनका प्रतिद्धन्द्वी एमालेकी शान्ता चौधरीले २१ हजार ४७९ मतमा चित्त बुझाउनु परेको छ।
नेकपा विभाजनपछि बनेको एकीकृत समाजवादी रोजेका मेटमणि सहरी विकास मन्त्रीसमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।