काठमाडौं– माधवकुमार नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादीले प्रतिनिधि सभातर्फ एक सिट थप गरेको छ।
डोल्पाबाट एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित भएका हुन्।
बुढाले ११ हजार २२५ मत ल्याउँदै जित हात पारे। उनका निकतम प्रतिस्पर्धी एमालेका उम्मेदबार गणेशबहादुर शाहीले ५ हजार ४९८ मत प्राप्त गरे।
बुढाले आफ्ना प्रतिस्पर्धीलाई ५ हजार ७२७ मतले पराजित गरे। बुढाको जितसँगै एकीकृत समाजवादीको ८ सिट पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।