काठमाडौं– पूर्वविश्व च्याम्पियन उरुग्वेलाई एसियाको बलियो राष्ट्र दक्षिण कोरियाले गोलरहित बराबरीमा रोकेको छ।
बिहीबार राति भएको समूह ‘एच’को खेलमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल बराबरीमा टुंगिएको हो।
उरुग्वेका खेलाडीले हानेका दुईवटा प्रहार क्षिण कोरियाको गोलपोस्टमा लागेर फर्किएको थियो। पहिलाे हाफमा कप्तान डिएगाे गाेडिनले गरेकाे हेडिङ पाेलमा लागेर फर्किएकाे थियो। दाेस्रो हाफमा फेड्रिगाे भाल्भाडेले हानेकाे लामाे सर्ट पाेलमा लागेर बाहिरियाे।
पहिलो हाफमा काेरियाका ह्वाङ उल जाेले पनि गाेलकाे अवसर गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।