काठमाडौं– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन्। साह ३२ हजार ४३७ मतसहित विजयी भएका हुन्।
उनका प्रतिद्वन्द्वी ओम प्रकाश पनि स्वतन्त्र उम्मेदवार नै छन्। उनले १५ हजार २०० मत प्राप्त गरे।
पूर्वमाओवादी नेता साहले नेकपा विभाजन हुँदा एमाले रोजेका थिए। तर टिकट वितरण प्रक्रियामा असन्तुष्टि जनाउँदै उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।