काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभामा निर्वाचित भएसँगै रौतहट र सिंगो मुलुकको समृद्धिको पक्षमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीबार विजयी भएसँगै अध्यक्ष नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत धन्यवाद ज्ञापन गरेका छन्। उनले लेखेका छन्, ‘रौतहट क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा मलाई अत्यधिक मतका साथ विजयी गराउनु भएकोमा सम्पूर्ण मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दछु।
साथै, उनले रौतहटसँगै सिंगो मुलुकमा सुशासन, विकास र समृद्धि हासिल गर्ने हाम्रो प्रतिबद्धता पूरा गर्न निरन्तर क्रियाशील रहने बताएका छन्।
‘मप्रति शुभेच्छा राख्ने, सहयोग गर्ने, चुनावी अभियानमा सहभागी हुने सबै नेता कार्यकर्तालगायत सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु। गर्ने हाम्रो प्रतिबद्धता पूरा गर्न म निरन्तर क्रियाशील हुनेछु।
अध्यक्ष नेपालले ३३ हजार ५२२ मत सहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ताले २६ हजार ९२२ मत प्राप्त गर्दै पराजित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।