काठमाडौं– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा जारी मतगणनाको पछिल्लो नतिजा प्राप्त भएको छ।
पछिल्लो नतिजाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहरा अघि लागेका छन्।
दिपक बोहराले २१ हजार ८ सय २२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणले २१ हजार ५ सय ९१ मत ल्याएका छन्।
उनीहरूबीच २३१ मतान्तर छ। बोहरालाई नेकपा एमाले र जसपाको समर्थन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।