काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता तथा प्रदेश १ का मुख्यमन्त्री भोजपुरबाट प्रदेश सभामा निर्वाचित भएका छन्।
उनले अफ्नै पुरानो पार्टी नेकपा एमालेका हरिबहादुर राईलाई पराजित गर्दै जित हासिल गरेका हुन्।
राजेन्द्र राईले १६ हजार ११० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी हरिबहादुर राईले १२ हजार २२३ मत प्राप्त गरेका छन्।
राजेन्द्र प्रदेश १ सरकारको नेतृत्वमा पछिल्लो एक वर्षदेखि छन्। एमालेका भीम आचार्यलाई विस्थापन गर्दै राजेन्द्र मुख्यमन्त्री भएका हुन्। प्रदेश १ मा पहिलो मुख्यमन्त्री हुने अवसर नेकपा एमालेका शेरधन राईले पाएका थिए।
अहिले शेरधन भोजपुरबाट प्रतिनिधि सभाका लाग प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।