काठमाडौं– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत खोटाङबाट नेकपा माओवादी केन्द्रका राम कुमार राई विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार विशाल भट्टराईलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्।
विजयी भएका राईले ३१ हजार ३५१ मत प्राप्त गरे। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका भट्टराईले २८ हजार ६८२ मत ल्याए।
२०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धन साझा उम्मेदवारका रुपमा एमालेका भट्टराई विजयी भएका थिए। निवर्तमान संसदीय कार्यकालमा भट्टराई एमाले संसदीय दलको प्रमुख सचेतक थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।