काठमाडौं– झापा क्षेत्र नम्बर ४ मा नेकपा एमालेबाट लालप्रसाद (एलपी) साँवा लिम्बू निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका देउकुमार थेवेलाई करिब ७ हजार मतान्तरले पराजित गरे।
निर्वतमान सांसद समेत रहेका साँवा योसहित तेस्रोपटक संसदीय प्रतिस्पर्धामा थिए। जित भने पछिल्ला २ निर्वाचनमा निकाल्न सके।
साँवाले २९ हजार ३१५ मत ल्याउँदा थेवेले २२ हजार ४४८ मत ल्याएका छन्। यस्तै, राष्ट्रि स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका शम्भु प्रसाद ढकाल सुस्केराले १४ हजार ६९ मत ल्याएका छन्।
को हुन् साँवा?
५५ वर्षीय साँवा एमालेको प्रदेश १ कमिटी सदस्य हुन्। वैदेशिक रोजगार व्यवसायी साँवा संविधान सभा निर्वाचन २०७४देखि संसदीय प्रतिस्पर्धामा प्रवेश गरेका हुन्। यद्यपि २०७० मा पराजित भए। २०७४ मा भने जित निकाल्न सफल भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।