रौतहट– रौतहटको क्षेत्र नम्बर १ प्रदेश सभा (२) मा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव निर्वाचित भएका छन्।
नेपाली कांग्रेसका मधेश प्रदेश सभापतिसमेत रहका यादवले आफ्ना निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीलाई १ हजार ८९ मतान्तरले पराजित गरेका हुन्।
मुख्य निर्वाचन कार्यालय गौरका अनुसार कांग्रेसका यादव १२ हजार ४ सय ८९ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ११ हजार ४ सय मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।