काठमाडौं- सिन्धुली- १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यहाँ कांग्रेसका श्यामकुमार घिमिरे निर्वाचित भएका छन्। बिहीबार सार्वजनिक भएको मत परिणाममा घिमिरेले ४ हजार ८४५ मतान्तरको जित हासिल गरेका हुन्।
अन्तिम मत परिणाममा घिमिरेले ३० हजार ३९१ मत पाए। एमालेका प्रदीपकुमार कटवाल क्षेत्री (केसी) ले २५ हजार ५४६ मत पाए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी मेनुका ठकुरीले २ हजार ६९२ मत पाइन्।
घिमिरे र केसीबीचको यो दोस्रो प्रतिस्पर्धा हो। यसअघि उनीहरु प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धा गरिसकेका छन्। २०७४ को निर्वाचनमा दुई नेताबीच सिन्धुली- १ (ख) मा प्रतिस्पर्धा भएको थियो। त्यतिबेला केसी विजयी भएका थिए।
विजयी भएका ५८ वर्षीय घिमिरे नेपाली कांग्रेसका केन्द्रय सदस्य हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।