• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

शीर्ष नेतालाई चुनौती दिने महामन्त्रीको जित,  ‘एसम्यान’ महासचिवहरुको हार

64x64
डिबी खड्का बिहीबार, मंसिर ८, २०७९  ११:५४
1140x725

काठमाडौं– निर्वाचन परिणाम उत्तरार्द्धतिर आइपुगेको छ। नतिजा आउने क्रम जारी रहँदा केही नतिजा सन्देशपूर्ण देखिएका छन्।

पार्टीका विरासत, गढ र किल्लाबाट बाहिर आएर मतदाताले निर्णय गरेका छन्। निर्णय गर्ने क्रममा केही राजनीतिक सन्देश पनि दिएका छन्।

बहुदलपछि नै नेपाली राजनीतिको केन्द्रमा रहेका शीर्ष तीन दललाई मतदाताले सबक सिकाएका छन्। सबक सिकाउने क्रम पनि केही अर्थपूर्ण देखिएको छ। ‘पकेट क्षेत्र’मा चुनाव लडेका कारण शीर्ष नेताहरु जोगिए पनि उनीहरुका 'एसम्यान'हरु भने पराजित भएका छन्।

प्रश्न गर्ने महामन्त्रीको जित
नेपाली कांग्रेसमा शेरबहादुर देउवा सभापति छन्। देउवाको कार्यशैली आमजलाई चित्त बुझिरहेको छैन। तर, कांग्रेसमा बलियो गुट बनाएर बसेका उनलाई महाधिवेशनबाट कांग्रेसजनले पाखा लगाउन सकेनन्। तर, देउवाको विपक्षी गुटबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेर गगन थापा र विश्वप्रकाश शर्माले जिते।

उनीहरुले चुनावअघि नै देउवालाई चुनौती दिइसकेका छन्। आगामी संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाले देउवासँग प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

थापालाई उक्त पदमा प्रतिस्पर्धा गर्न आफूले प्रस्ताव गर्ने शर्माले बताएका छन्। थापालाई जितको शुभकामना दिँदै शर्माले भनेका छन्,  'जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ!' 

महामन्त्री थापाले नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई ७ हजार भन्दा बढी मतान्तरले हराएका हुन्। थापाले २१ हजार ३०२ मत ल्याए भने एमालेका भट्टराईले १३८५५ मत ल्याएका थिए।

यसैगरी कांग्रेस महामन्त्री शर्माले कम्युनिस्टको गढ मानिने झापा- १ मा एमालेका अग्नि खरेललाई १४ हजार दुई सय ७५ मतले पराजित गरे। शर्माले ३९ हजार छ सय २४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी खरेलले २५ हजार तीन सय ४९ मत मात्रै पाए।

nimb
nimb

महासचिवहरुको हार
शीर्ष तीन दलमध्ये दुई नेकपा एमाले र माओवादी केन्द्रका महासचिवहरुले हारेका छन्। एमाले महासचिव शंकर पोखरेलले माओवादी केन्द्रकी रेखा शर्मासँग हार बेहोरेका हुन्। लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलको हार एमालेका लागि अनपेक्षित हो।

दाङ राजधानी सारेको जस पाउने पोखरेललाई लागेको थियो। त्यसैमाथि प्रभावशाली मानिएका महरा पछि हट्दा शर्मा उम्मेदवार बन्नुपरेको थियो। पोखरेललाई निर्वाचनअघि नै प्रभावशाली नेताको रुपमा प्रस्तुत गरिएको थियो। जसले शर्मामाथि दबाब बढाएको थियो। त्यसलाई खण्डन गर्दै शर्माले नेपाल लाइभसँगको अन्तर्वार्तामा भनेकी थिइन्- निर्वाचन 'वेट'ले होइन, अजेन्डाले लडिन्छ। निर्वाचन परिणामले उनको अजेन्डाकै अनुमोदन भएको देखियो।

महासचिव पोखरेलको हार एमालेलाई मात्रै होइन, अध्यक्ष  केपी शर्मा ओलीका लागि पनि ठूलो झट्का हो। किनभने एमालेमा आफ्नो विरासत पोखरेलमा सार्नेगरी उनलाई महासचिव मनोनित गरिएको थियो। नेकपाकालमै महासचिव बनेका विष्णु पौडेल प्रतिस्पर्धी भए पनि उपाध्यक्षमा सर्नुपरेको थियो। दुईबीचको प्रतिस्पर्धाको संकेत निर्वाचनअघि पनि देखियो। राजधानीका विषयलाई लिएर उनीहरुले दोहोरी नै खेलेका थिए।

शीर्ष नेताहरुले गिजोल्दै गएको राजनीतिलाई सुधार्न होइन, अन्ध साथ दिन अघि बढेका पोखरेललाई आम मतदाताले नै सबक सिकाएको रुपमा लिन सकिन्छ, यो परिणामलाई।

माओवादी केन्द्रलाई त समग्रमै ठूलो झट्का लाग्यो। त्यसैमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका 'एसम्यान' देव गुरुङ हारेका छन्। पार्टीमा महासचिवका लागि प्रतिस्पर्धा गरिरहेका बर्षमान पुन र जनार्दन शर्मालाई पाखा लगाउँदै गुरुङ प्रचण्डको छनौटमा परेका थिए। गुरुङ एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङसँग लमजुङमा पराजित भएका हुन्।

एकीकृत समाजवादीका महासचिव तथा राष्ट्रिय सभा सदस्य बेदुराम भुसाल प्रतिनिधि सभाको यो निर्वाचनमा मैदानमा थिएनन्। चुनावी मैदानमा रहेका उपमहासचिव जीवनराम श्रेष्ठ,  सचिवद्वय जगन्नाथ खतिवडा र रामकुमारी झाँक्री पराजित भएका छन्।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:५४
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
नेपाल दूरसञ्चार प्राधिकरणले दियो २० थान स्याटेलाइट फोन आइतबार, भदौ १४, २०८३
बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसः बालेन सरकारलाई दण्डहीनता अन्त्य गर्ने अवसर आइतबार, भदौ १४, २०८३
सुरङभित्र फसेकाको उद्धार गर्न सेनाले ब्लास्टिङ गर्न थाल्यो आइतबार, भदौ १४, २०८३
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढीबारे ओलीः एक्लै श्रेय लिन खोज्दा सरकार चुक्यो आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
सीमाक्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर, दोस्रो ताल पनि फेला आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्