काठमाडौं– सुरुदेखि नै फराकिलो मतान्तरले अग्रता लिइरहेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग एमाले महासचिव शंकर पोखरेलले मतान्तर घटाएका छन्।
बिहीबार बिहानसम्मको मतगणनाअनुसार शर्माले २४ हजार ७३ मतसहित अग्रता लिइरहेकी छन्। २३ हजार ७५६ मतसहित पोखरेलले पछ्याइरहेका छन्।
अहिले उनीहरुको मतान्तर ३१७ मत मात्रै छ। यसैगरी १४ हजार १ सय मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका बिशाल अधिकारी तेस्रो नम्बरमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।