काठमाडौं- पर्वतमा नेकपा एमालेका पदम गिरी निर्वाचित भएका छन्। बिहीबार बिहान सार्वजनिक नतिजामा उनले कांग्रेसका अर्जुनप्रसाद जोशीलाई पराजित गरेका हुन्।
यस्तो छ अन्तिम मतपरिणाम-
पदम गिरी/एमाले- २९८७२
अर्जुनप्रसाद जोशी/कांग्रेस- २७६०९
जालबहादुर पुर्जा पुन/रास्वपा- ३१९८
२०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका गिरी नै निर्वाचित भएका थिए। त्यतिबेला गिरीका प्रमुख प्रतिस्पर्धी कांग्रेसका जोशी नै थिए।
४५ वर्षीय पदम गिरी नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। २०४७ बाट विद्यार्थी संगठन अखिल पाँचौँबाट राजनीति सुरु गरेका उनी एमालेको पर्वत जिल्ला अध्यक्ष पनि भएका थिए। उनी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पर्वतबाट निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।