काठमाडौं– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ देशभर जारी मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ। नेपाली कांग्रेस दोस्रोमा छ भने राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो र माओवादी केन्द्र चौथो स्थानमा छ।
नेकपा एमालेले अहिलेसम्म ४ लाख ५९ हजार ६०३ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले ४ लाख २३ हजार ८५३ मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ३८ हजार ८५३ मत प्राप्त गरेको छ।
नेकपा माओवादी केन्द्रले १ लाख ९५ हजार ३३२ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख २५ हजार ६६४ मत ल्याएको छ।
जनता समाजवादी पार्टीले ५८ हजार १७२ मत पुर्याएको छ। यस्तै, नेपाल मजदुर किसान पार्टीले ४४ हजार ७३७ मत ल्याएको छ भने जनमत पार्टीले २८ हजार ८७६ मत ल्याएको छ।
नेकपा एकीकृत समाजवादीद्ये २८ हजार ६२९ मत ल्याएको छ। नागरिक स्वतन्त्र पार्टीले २६ हजार १७५ मत ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।