काठमाडौं- गोरखा- २ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। बिहीबार बिहान सार्वजनिक अन्तिम मत परिणाममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका हुन्।
यस्तो छ अन्तिम मत परिणामः
पुष्पकमल दाहाल प्रचण्ड/माओवादी केन्द्र- २६१०३
कविन्द्र बुर्लाकोटी/नेस्वपा- १२६३७
अब्दुस मिया/एमाले- ७३९३
२०७४ को निर्वाचनमा यस क्षेत्रबाट नयाँ शक्तिका उम्मेदवारको रुपमा डा बाबुराम भट्टराई निर्वाचित भएका थिए।
६६ वर्षीय प्रचण्ड तत्कालीन नेकपा माओवादीले २०५२ देखि २०६३ सम्म जनयुद्ध सञ्चालन गर्दा सो पार्टीको अध्यक्ष थिए। २५ वर्ष भूमिगत राजनीतिमा बिताएका उनी आफ्नो पार्टीमा विगत ३४ वर्षदेखि अध्यक्ष छन्।
उनी गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री समेत हुन्। उनी २०६५ र २०७३ मा नेपालको प्रधानमन्त्री भइसकेका छन्।
प्रचण्ड २०६४ मा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनमा काठमाडौं- १० र रोल्पा- २ बाट विजयी भएका थिए। २०७० मा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा सिरहा- ५ बाट विजयी भएका थिए भने काठमाडौं- १० बाट पराजित भएका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन-३ बाट निर्वाचन भएका थिए। त्यतिबेला उनी एमाले र माओवादी केन्द्रले बनाएको वाम गठबन्धनको साझा उम्मेदवार थिए।
निर्वाचनसँग सम्बन्धित सम्पूर्ण विवरण हेर्नका लागि क्लिक गर्नुहोस्-election.nepallive.com
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।