काठमाडौं- मकवानपुर- २ बाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा पराजित भएका छन्। सो क्षेत्रमा एमालेका महेशकुमार बर्तौला विजयी भएका छन्।
यस्तो छ अन्तिम मत परिणामः
महेशकुमार बर्तौला/एमाले- ३४९१६
विरोध खतिवडा/एकीकृत समाजवादी- ३०३९६
यस क्षेत्रबाट यसअघि एमाले उम्मेदवारको रुपमा खतिवडाले जित्दै आएका थिए। तर पार्टी विभाजनपछि एकीकृत समाजवादीबाट उम्मेदवार बनेका उनी पराजित भएका हुन्।
पराजित खतिवडा र विजयी बर्तौलाबीच पहिले नेता-कार्यकर्ताबीचको सम्बन्ध थियो। खतिवडाकै स्कुलिङबाट बर्तौला विद्यार्थी राजनीतिमा अगाडि बढेका थिए। उनीहरुको प्रतिस्पर्धाले राजनीतिक गुरु-चेलाको भीडन्तको रुपमा चर्चा पाएको थियो।
विजयी भएका ४० वर्षीय बर्तौला नेकपा एमालेको बागमती प्रदेश कमिटी सदस्य हुन्। विद्यार्थी राजनीतिमा आबद्ध भएर राजनीतिक यात्रा अगाडि बढेका उनले त्यस अन्तर्गतका विभिन्न जिम्मेवारी सम्हालेका छन्। उनी अनेरास्वियुको केन्द्रीय उपाध्यक्ष समेत भएका थिए।
निर्वाचनसँग सम्बन्धित सम्पूर्ण विवरण हेर्नका लागि क्लिक गर्नुहोस्- election.nepallive.com
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।