काठमाडौं– कञ्चनपुर- २ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद निर्वाचित भएका छन्।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका साउद २८ हजार १०० मतका साथ विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मत प्राप्त गरेका छन्।
निर्वाचित साउद र धामीको मतान्तर ६ हजार ४ सय ५५ रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले ४९३१ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले ३५१० मत पाए।
निर्वाचनसँग सम्बन्धित सम्पूर्ण विवरण हेर्नका लागि क्लिक गर्नुहोस्- election.nepallive.com
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।