काठमाडौं– यसपटकको विश्वकपमा स्पेनले प्रतिद्वन्द्वीविरुद्ध सबैभन्दा छिटो तीन गोल हान्ने कीर्तिमान बनाएको छ।
उसले ३१ मिनेटमा कोस्टारिकाविरूद्ध तीन गोल गरेको छ। पहिलो हाफको खेल सकिँदा स्पेन ३–० गोलले अगाडि छ।
स्पेनका लागि डानी ओमोले ११ मिनेट, मार्को असेन्सियोले २१ मिनेट तथा फेरान टोरेसले ३१ मिनेटमा पेनाल्टीमार्फत गोल गरे।
सन् २०१४ को विश्वकपपछि जर्मनीले सबैभन्दा छिटो ब्राजिलविरूद्ध २४ मिनेटमा गोल गरेको थियो।
स्पेनले सन् १९३४ को विश्वकपपछि विपक्षी टोलीविरूद्ध दोस्रो पल्ट पहिलो हाफमा तीन गोल गरेको हो। यसअघि ब्राजिलविरूद्ध यो कीर्तिमान बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।